आइतबार, माघ १३, २०८१

मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक, ४३ लाख बढी येन बचत

टोकियो । जापानको राजधानी टोकियोमा गत अप्रिल २७ र २८ तारिख सम्पन्न मोना इताबासी फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना इताबासी फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने कार्यक्रम विभिन्न साँगेतिक तथा साँस्कृतिक कार्यक्रम समावेश गरिएको थियो ।

मोना जापानका प्रवक्ता तथा संचारकर्मी कमल बानियाँद्वारा प्राप्त जानकारी अनुसार मोना जापानले टोकियोमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो । मोना फेस्टिवलमा कुल ९४ लाख ७२ हजार ८३२ येन आम्दानी , ५१ लाख २४ हजार ४९२ खर्च र ४३ लाख ४८ हजार ३४० येन बचत भएको जनाइएको छ । त्यसैगरि उक्त मोना फेस्टिवलको रु ७ लाख ८९ हजार येन उठ्न बाँकी रहेको मोना जापानले जनाएको छ ।

कार्यक्रममा कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुको साथै कार्यक्रमको समिक्षा, कार्यक्रम सफल पार्न सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन सहित आगामी कार्ययोजना समेत सार्वजनिक गरिएको छ । जुन तारिख आईतबार टोकियोमा, मोना जापानका अध्यक्ष विशाल केसीको अध्यक्षता र मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्काको प्रमुख आतित्यथामा भएको कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन न्यूरेको समेत सहभागीता रहेको थियो ।

कार्यक्रममा मोना जापानका सल्लाहकार तिलक मल्लले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए भने कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्धारा आयव्यय विवरण सार्वजनिक गरिएको थियो । त्यसैगरि बरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठले स्वागत र महासचिव सागर कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए ।