शुक्रबार, फागुन ११, २०८०

जापानमा सेकेन्ड समर कप फुटसल प्रतियोगिता हुने

जापान,१४ असार । खुकुरी एफ सि को आयोजनामा आगामी जुलाई १६ अाइतबार को दिन फुटबल (फुटसल) प्रतियोगिता हुने लागेको हो !

निकट भविष्यमा नै हुन लागेको प्रतियोगितामा सहभागीता जनाउन चाहाने इच्छुकले आयोजकलाई सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् ।

खुकुरी एफ सि अध्ययनका शिलशिलामा फुकुओका बसेका नेपाली विद्यार्थी युबाहरु आवद्ध सस्था हो । यसले स्थापनाकालदेखि नै फुटबलका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएका छन् । छोटो समयमा नै फूटबलमा राम्रो छबी बनाएको खुकुरी एफ सिको आयोजनामा हुन लागेको यो दोस्रो फूट्बल प्रतियोगिता हो | फुकुओकमा बस्ने नेपाली साथीहरुलाई एउटै ठाउमा जम्मा गर्नको लागि यो प्रतियोगिताले बिशेष सहयोग गर्ने आयोजक पक्षको संयोजक रन्जित गुरुङ ले जानकारी दिनुभएको छ |
यो प्रतियोगिता फूटबल खेलडिको मात्र नभैइ सम्पूर्ण जापान बस्नु हुने नेपाली दाजुभाइ तथा दिदिबहिनी भेटघाट गर्ने चाड को रुपमा हुने भएकाले सम्पूर्ण जापान बासी नेपालीहरुलाई जुलाई १६ आईतवार ठीक १० बजे फुकुओका को DANI TENNIS CLUB”मा उपस्तितिको लागि लागि पनि हार्दिक अनुरोध गर्नुभएको छ |