टोकियो,३१ जेठ । नेपाली फुटबलको गुणत्मक बिकासको लागि विशेष प्रशिक्षणमा जापान आएका पॉच फुटबल प्रशिक्षकहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
मगलबार टोकियोमा स्वागतअसहित सम्मान गरेको छ ।
मंगलवार टोकियोमा डेमसाईड फुटबल क्लब सहितको एक दर्जन संघ संस्थाहरुले स्वागत सहित सम्मान गरेका हो ।
नेपाली फुटबलमा पहिलो पटक ए लाईसेन्स प्राप्त पॉच जना प्रशिक्षकहरु जापान फुटबल संघको निमन्त्रणामा विशेष प्रशिक्षणका लागि मगलबार जापान आईपुगेका हुन, नेपालमा रहेका १४ जना ए लेभलका प्रशिक्षक मध्ये राजेन्द्र तामाङ, यमप्रसाद गुरुङ, मेघराज केसी, नवीन न्यौपाने र सुनील श्रेष्ठ उत्कूष्ट पॉच जनालाई जापान पठाईएको नेपाल फुटबल संघ एन्फाले जापान पठाएको जनाएको छ । सो कार्यक्रममा प्रशिक्षकको तर्फबाट मेघराज केसिले यो मौकाले विश्व कप खेल्ने राष्ट्रको तयारी र फुटबल बिकासको योजनाहरु नजिकबाट बुझ्न सजिलो हुने बताउदै, यसले नेपालि फुटबल बिकासमा सहयोगि बन्ने बताउनु भयो ।
सम्मान तथा स्वागत कार्यक्रममा नेपालबाट प्रशिक्षणार्थी लागि आएका पॉच प्रशिक्षकहरुलाई डेमसाईड क्लब जापानका संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी रमेश गुरुङ, नेपालका पूर्व राष्ट्रिय खेलाडि बसन्त गौचन, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएन जापानका उपध्यक्ष टासि लामा, तमुधि जापानका अध्यक्ष श्री गुरुङ, कास्कि पोखरा समाजको अध्यक्ष शिव पौडेल, तमुधि जापानका महासचिव अम्बर गुरुङ, लगायतका एक दर्जन संघ संस्थाहरुको सम्मान तथा स्वागत कार्यक्रममा सहभागि रहेका थियो ।
एशियन कपको छनौट चरणमा रहेको नेपाली टोलिको प्रशिक्षक जापानी नागरीदास ग्योतोकु कोजु रहेका छन भने एन्फाको टेक्निकल डाईरेक्टरमा पनि जापानी नागारिक ताकेडा चियाकी रहेका छन ।
विशेष प्रशिक्षणमा जापानमा आईपुगेका पॉच प्रशिक्षकको प्रशिक्षण करिब एक हप्ता जापानको सिजुओकामा हुनेछ ।