जापान । नेपाली राजदूतावास जापान टोकियोले फुकुओकामा संचालन गर्ने घुम्ती सेवाको लागि स्थानीय नेपाली संघ-संस्थाले तयारी थालेका छन।
एनआरएनए जापानको प्राविधिक सहयोगमा जापानको विभीन्न सहरमा संचालन भैरहेको दुतावासको राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा फुकुओकामा जनवरी २७, २८ र २९ तारीकमा संचालन गर्ने मिति तय भएसँगै प्रारम्भीक विवरण संकलन गर्नका लागी पहिलो चरणमा गुगल फारम भर्न सुचना प्रकाशन गरीएको छ ।
फुकुओकामा राजदुतावास टोकियोको आयोजना एनआरएनए जापान सहित अवैतनिक वाणिज्य दुतावास फुकुओका, एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी लगाएतका क्युस्युमा अवस्थीत अन्य संघ संस्थाहरुको सहकार्यमा जनवरी २७ र २८ तारीकका दिन हाकाता सिमीन सेन्टर संगै रहेको भवन र जनवरी २९ अक्रोस फुकुओकामा रहेको हलमा राहदानी तथा अन्य कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा संचालन गर्न लागीएको वाणिज्य दुतावास फुकुओकाका सचिब दिपक देवकोटाले जानकारी दिएका छन।
घुम्ती सेवा अझै सभ्य, मर्यादित र व्यवस्थीत रुपमा संचालन गर्नका लागी सेवाग्राहिको प्रारम्भीक विवरण संकलन स्वरूप गुगल फारम वनाई विवरण संकलन गरीएकोले सम्पुर्ण सेवाग्राहीहरुलाई फारम भरी सहयोग गरीदिनु हुन एनआरएनए क्युस्युका संयोजक विवेक बुढाथोकीले अनुरोध गरेका छन।
राहदानी नविकरणका लागी राहदानीको म्याद २०२४ डिसेम्बर ३१ तारीक सम्म भएका सेवाग्राहीहरुले मात्र फारम भर्न अनुरोध गरेको छ भने राहदानी हराएको, नासीएको वा पाना सकिएको अवस्थामा भने राहदानीको म्याद २०२४ डिसेम्बर ३१ भन्दा पछाडिका सेवाग्राहीले पनि गुगल फारम भर्न अपील गरेको छ।
साथै गुगल फारम भरेका सेवाग्राहीहरुले राहदानीको लागी छुटटै प्रि इनरोलमेन्ट फारम अनिवार्य भर्नु पर्नेछ । केहि समस्या परे एनआरएनए क्युस्युका संयोजक विवेक बुढाथोकीलाई सम्पर्क गर्नु होला ।
यो फारम अनिवार्य भर्नु होला ।
१, घुम्ती सेवाको लागि गुगल फारम
२, नेपाली दुतावासको प्रि इनरोलमेन्ट फारम

