सोमबार, असोज २६, २०८३

च्यासलमा एमालेका १३ मनोनीत केन्द्रीय सदस्यलाई ओलीको शपथ

काठमाडौं । नेकपा एमालेका १३ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शनिबार बसेको स्थायी कमिटीको बैठकले तेजेन्द्र केसी, मिनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डेलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया