जन्मदिनमा केक काट्ने, भोजभतेर गर्ने र रमाइलोमा खर्च गर्ने चलनबीच इन्जिनियर रबिन कुमार ताजपुरियाले भने आफ्नो ३८औँ जन्मोत्सवलाई सामाजिक सेवासँग जोडेर मनाएका छन्।
आशापुरी इन्जिनियरिङ कम्पनीका अध्यक्ष ताजपुरियाले जन्मोत्सवको अवसरमा बोलोचोक विकास समितिको सहकार्यमा बोलोचोकस्थित दुर्गा मन्दिरलाई ५ हजार १०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्।
जन्मदिन व्यक्तिगत खुसी साटासाट गर्ने अवसर मात्र होइन, समाजका लागि केही सकारात्मक योगदान गर्ने अवसर पनि हो भन्ने सोचका साथ उनले मन्दिरलाई सहयोग गरेका हुन्। उनको यो कदमले जन्मोत्सवलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा उपयोग गर्न सकिने सन्देश दिएको छ। समाजमा परिवर्तन ल्याउन सधैँ ठूलो सहयोग नै आवश्यक हुँदैन।
आफ्नो खुसीको अवसरमा गरिएको सानो सहयोगले पनि सामाजिक सद्भाव बढाउन र अरूलाई सेवाभावका लागि प्रेरित गर्न सक्छ। इन्जिनियर ताजपुरियाको यो कार्य त्यसैको एउटा उदाहरण बनेको छ

