सोमबार, बैशाख ०७, २०८३

जनप्रगतिशील मञ्च जापान ओकिनावा क्षेत्रीय अध्यक्षमा श्रेष्ठ चयन

जापान । जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPFJAPAN) ओकिनावा क्षेत्रिय समिति दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
नेकपा माओबादी केन्द्रको प्रबास संगठन जनप्रगतिशील मञ्च जापान अन्तरगत ओकीनावाको अधिवेशन ज्ञान कुमार श्रेष्ठको अध्यक्षता नयाँ कार्यसमितिका निर्वाचित भएको हो ।

जनप्रगतिशील मञ्च जापानका सल्लाहकार सालिकराम भण्डारीको प्रमुख अतिथ्यता र उपमहासचिव दावा शेर्पाको विशेष उपस्थितिमा अधिवेशन सम्पन्न भई टीम सर्वसहमति निर्माण गरेको जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPFJAPAN)का निवर्तमान अध्यक्ष गोबिन्द प्रसाद पौडेलले जानकारी दिनुभयो।

नयाँ कार्यसमितिमा
अध्यक्ष: ज्ञान कुमार श्रेष्ठ
उपाध्यक्ष: सागर पौडेल
उपाध्यक्ष:बिश्व नाथ यादब
सचिव:प्रबीन श्रेष्ठ
स-सचिव:अनिल पौड़ेल
कोषाध्यक्ष:देवराज कंडेल
स-कोषाध्यक्ष: इश्वरी बि.क
सदस्यहरु
राज कुमार बुढा
सिमाना बुढा
अनिल कार्की
समीक्षा वली
प्रकाश छेत्री
राज कुमार बस्नेत