जापान । नेपाल राजदुतावास जापान, एनआरएनए जापान र क्षेत्रिय समिति नागोयाको सहकार्यमा आज नागोया घुम्ति सेवाको दोस्रो दिन कन्सुलर सेवाको लागि उत्साह जनक उपस्थिति रहेको छ ।
शनिवार हिजोबाट ४ दिनसम्म संचालन हुने घुम्ती सेवामा आज राजदुत डा . दुर्गा बहादुर सुबेदीको उपस्थितिले झनै महत्वपुर्ण भएको एनआरएनए आईसीसी सचिव पारसमणि पोखरेलले बताउनु भएको छ ।
राहदानीनविकरणमा १६० जना, अन्य कंसूलर सेवा २५ जना, परामर्श सेवामा २६ जना कुल २११ जना सेवाग्राहिले सेवा प्राप्त गर्नु भयो।
घुम्ती सेवा अन्तर्गतको आज दोश्रो दिन पनि सोचे भन्दा अझ उत्कृष्ट सेवा प्रदान भएको छ ।पासपोर्ट नबिकरणको लागि टोक्यो सम्म पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै नेपाली राजदुताबासको यो कार्य प्रसम्सनिय छ । पहिलो दिन १४० जना र दोश्रो दिन १६० जनाको पासपोर्ट नबिकरण र अन्य सेवाहरु नागोया बासीहरुले सेवा लिनु भयो । अझै भोली र पर्सी सम्म चल्ने यस घुम्ति सेवामा प्राबिधिक कारणले गर्दा भोली र पर्सी साझ ५ बजे सम्म मात्र सन्चालन हुने हुँदा Pre-enrollment form भर्नु भएका NRNA नागोया समितिले प्रकाशित गरेको नाम लिस्टमा नाम भएका सम्पुर्ण सेवाग्राहीहरु समयमा नै उपस्थिती भै सेवा लिनु हुन एनआरएनएका अभियन्ता युवा व्यवसायी श्याम सितलले जानकारी दिनुभयो ।

