शुक्रबार, फागुन ११, २०८०

जापानबाट गौचनले नेपालको भूकम्प पीडितको सहयोगार्थ ५ लाख सहयोग गर्ने

टोकियो । जापानको राजधानी टोक्योमा रहेका नेपाली ब्यवसायी माइकल गौचनले पश्चिम नेपालमा गएको भूकम्प पीडितहरुको सहयोगार्थ ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

टोकियोमा २० वर्ष बढी समयदेखि रेस्टुरेन्ट लगायत ब्यवसायी गर्दै आउनुभएका सफल ब्यवसायिको रुपमा परिचित गौचनले भुकम्पले ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै रु ५ लाख सहयोगको घोषणा गरिएको बताउनुभयो ।

समाजसेवी गौचनले गत शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा भुकम्पले ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ लाभको कामना समेत गर्नुभएको छ ।

सहयोग रकम ब्यक्तिगत रुपमा आफु र आफ्नो GM Co.LTD JAPAN को तर्फबाट भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु ५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरिने कम्पनिका निर्देशक रहनुभएका माइकल गौचनले सामाजिक संजालमार्फत जानकारी गराउनुभएको छ ।