शनिबार, असार १३, २०८३

एनआरएनएको उपाध्यक्षमा जापानबाट रोविन्द श्रेष्ठले उम्मेदवारी दिने घोषणा

जापान,गैरआवासीय नेपाली संघ(एनआरएनए)को आईसीसी उपाध्यक्षमा जापानका सफल व्यवसायी रोबिन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उपाध्यक्ष पदमा पुन: उम्मेदवारी दिने घोषणा गरेका छन।
श्रेष्ठले नैतिकता इमानन्दारिता र स्वाधीनता एनआरएनएमा समावेशिता र आर्थिक पारदर्शिता’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२३-२०२५ लागि उपाध्यक्ष पदमा पुन: उम्मेदवारी घोषणा गरेका हुन ।
एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजक र आइसिसि उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले एनआरएनए अभियानमा निरन्तर र क्रमिकरुपमा अगाडि बढ्न आइसीसी उपाध्यक्ष पदमा पुन दोस्रो कार्यकालको लागी उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो।
लामो समयदेखि जापानलगाएत विश्वमा सामाजिक क्रियाकलापमा सक्रिय र एनआरएनएको अभियानमा स्थापनाकाल देखि नै क्रियाशील रहदै श्रेष्ठ समन्वयकारी भूमिका निर्वाहमा आफुलाइ सशक्त रूपमा प्रस्तुत गर्ने सामाजिक र एनआरएनए अभियन्ताका रुपमा चिनिन्छन ।
संस्थामा आर्थिक अनुशासन, पारदर्शिता,सँस्थागत सुधार र नियमित आम्दानीका श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ । एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता र सँस्थागत अनुशासन एनआरएनए अभियानको आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछन ।
विश्वमा नेपालीहरुको अभिभावकीय संस्थाको रूपमा रहेको एनआरएनएलाई समाज सेवाको उपयुक्त माध्यमका रूपमा लिइ उच्च नैतिकता प्रस्तुत गर्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने र आफूले सोही अनुसार कर्तव्य निर्वाह गर्दै आइरहेको श्रेष्ठको भनाइ छ ।

‘आफु बलियो भयो भने संस्था बलियो हुन्छ, संस्था बलियो भयो भने जुनसुकै काम गर्न सकिन्छ’ श्रेष्ठ भन्छन–‘संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्र खर्च गरिनुपर्छ ।’ एनआरएनएमा दीर्घकालिन कोषको पनि ब्यबस्था गरेर त्यसलाई अनुशाशित रुपमा चलाउनु आजको आवश्यकता भएको श्रेष्ठले बताउनु भयो।
जापानमा २ सय जना भन्दा बढ़ीलाई रोजगारी दिईरहेका श्रेष्ठले विदेशमा रहेर हामी जतिसुकै सफल व्यवसायी र उच्च पदमा कार्यरत रहेपनि नेपालको विकास र स्थिरता नभएसम्म हामीलाई विदेशीले हेर्ने दृष्टिकोण सकारात्मक नभएकोले नेपालको विकासलाई पनी टेवा पुर्याउन आफू नेतृत्वमा होमिएको बताउनु भयो।