बुधबार, असोज ०२, २०८१

राईजिङ ए लाई दोश्रो रनिङ कप फुटसल प्रतियोतिताको उपाधि

टोकियो,८ जेठ । “स्वास्थ्य ,राष्ट्र र मेलमिलापको लागि खेलकुद ” भन्ने मुल नाराका साथ तमु धी जापानद्वारा आयोजित दोश्रो रनिङ कप फुटसल प्रतियोतिताको उपाधि राईजिङ नेपाल ए हात पारेको छ ।
टोकियोको हाचिओजी खेलमैदानमा आयोजित रनिङ कप अन्य सामाजिक कार्यमा ,लामौ समयदेखि सक्रिय तमु धी जापानले गत वर्षदेखि खेलकुदलाई पनि प्राथमिकता दिँदै सुरुवात गरेको प्रतियोगिताको दोश्रो श्रृङ्खला सम्पन्न गरेको हो । कुल २२ टिमको सहभागीता रहेको खेलमा गत वर्षकै विजेता समुह,राईजिङ नेपाल ए प्रथम भएको छ । त्यस्तै गत साल क्वाटर फाईनलबाटै बाहिरिएको समुह नेपाल युनाईटेड यो वर्ष फस्ट रनर अप बन्न सफल भएको छ ।
जापानमा नेपालीहरुको संख्या बढेसंगै खेलकुदका माहोल पनि राम्रो बन्दै आईरहेको छ । जसको परिणामस्वरुप, चर्को घाम र दुरीको प्रवाह नगरी जापानको व्यस्थतामा पनि फुटबल र नेपाली फुटबल खेलप्रेमीहरुको प्रशंसनीय उपस्थीति रह्यो । फुटसल प्रतियोतिमा, टोकियो ब्रदर्स,काभ्रैली ए,काभ्रेली बी,नेपाल युनाईटेड ब्रदर्स, नेपाल युनाईटेड, लम्जुङ एफसी,एभेरेष्ट एफसी ,कालभैरब, ब्लु रे ए,ब्लु रे बी, तमु धी ए, तमु धी बी, फुसा गाईज, सनसाईन ए, सनसाईन बी, लाफा एफ सी, राईजिङ नेपाल ए, राईजिङ नेपाल बी, तामाङ युथ क्लव,सुभरासी एफ सी लगायतका समुहहरु सहभागी भएका थिए ।
प्रतियोगितामा,गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्य परिषद सदस्य, ओम गुरुङ,गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष, सुदन थापा, उपाध्यक्ष टासी लामा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, पुर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन,गैर आवसीय नेपाली संघ जापानका सदस्य प्रल्हाद सिं महत लगायत तमु धी जापानका पधादिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा सहभागी २२ टिम मध्ये,सबैलाई पछि पार्दै यो वर्ष पनि गत वर्षकै विजेता समुह राईजिङ नेपाल ए प्रथम भएको छ । त्यस्तै अघिल्लो वर्ष क्वाटर फाईनलबाटै बाहिरिएको नेपाल युनाईटेड दोश्रो भएको छ । त्यसै गरी तामाङ युथ क्लब जापान फेयर प्ले ग्रुप, कुस कार्की बेस्ट किपर, राईजिङ नेपाल ए का सुदीर गुरुङ बेस्ट फर्वाड, नेपाल युनाईटेडका खेलाडी रोशन बजीमय बेस्ट डिफेन्स र बिसन गौचन सर्वोत्कृष्ट खेलाडीका रुपमा सम्मानित भएका छन् । प्रथम हुने समुहले २ लाख २२ हजार २२ येन नगद सहित ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गरे भने, उपविजेता समुहले १ लाख ११ हजार ११ येन नगद सहित ट्रफी,मेडल तथा प्रमाण पत्र प्राप्त गरे यो ।
तमु धी जापानका अध्यक्ष, श्री भक्त गुरुङको अध्यक्षता रहेको प्रतियोगितामा,तमुधी जापानका सल्लाहकार समेत रहेका एनआरएनए आईसीसी सदस्य ओम गुरुङले प्रमुख आतिथ्ताको ग्रहण गरेका थिए । कार्यक्रम समापन गर्दै,तमुधी का अध्यक्ष श्री भक्त गुरुङले भने- ‘खेलकुदले स्वास्थ्य त तन्दुरुस्त र फुर्तिलो बनाउँछ नै,एक आपसमा भाईचारा तथा मुलुकलाई अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।’ खेलकुद मायाँ गर्ने आग्रहसंगै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्ण निकाय र संघसंस्थालाई धन्यबाद दिए ।

tamu2 tamu tamu3@तस्विर : राजन गौतम