जापान । रुकुम स्थायी घर भइ जापानको इबाराकीको चुकुवा नगरको कानामेमा बस्दै आएका ३४ वर्षिया अमृत बुढा आफ्नै कोठामा मृत भेटिएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका वरिष्ठ उपाध्यक्ष नबिन निउरेले दिएको जानकारी अनुसार, विद्यार्थी भिषामा जापान आई गत अप्रिलबाट कम्पनीमा काम सुरु गरेका बुढा यही मे २ तारिकदेखि कम्पनीको काममा नगएका र कम्पनीले ४ तारिकदेखि लगातार कोठामा आई खोज तलास गरिरहेको थियो ।
लगातार खोजी गर्दा पनि उनको अवस्था जानकारी नभएपछि कोठा खोलेर हेर्दा बुढा मृत अवस्थामा फेला परेका थिए । उनको शव सड्न थालिसकेको थियो ।
मृत अवस्थामा भेटिएपछि प्रहरीलाई जानकारी गराई निजको शव प्रहरीको नियन्त्रणमा लिइ नेपाली दूतावासलाई जानकारी गराई सकिएको छ।
नेपाली दूतावासले एनआरएनएसंगको आवश्यक सहयोग र समन्वयमा एनआरएनए जापान मृतकको निकटतम व्यक्तिसहितको टोलीले मे २६ तारिख घटना स्थल पुगेको थियो ।
त्यहाँ जापान प्रहरी र निजले काम गर्ने कम्पनीका प्रतिनिधिसंग घर परिवारसंगको सल्लाहमा शवको अन्त्येष्टि गर्न सबै सरोकारवाला पक्षसंग समन्वय र सहकार्य गरी सहयोग गरिने बारेमा छलफल भएको निउरेले जानकारी दिनु भयो।

