सोमबार, जेठ २२, २०८०

जापानको टोकियोमा २५६७ औं बुद्ध जयन्ती भव्य मनाईयो

जापान । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानद्वारा ६ मे शनिवारको दिन टोकियो हातागायामा अवस्थित “गोतामी” बिहारमा २५६७औं बुद्ध जयन्ती समारोह आयोजना गरेको थियो ।

यस संस्थाले बुद्ध, बुद्धको ज्ञान र बुद्धको जन्मस्थल लुम्बिनीको बारे जापानमा पनि चर्चा गर्ने उदेश्यले स्थापनाकाल देखि हरेक वर्ष बुद्ध जयन्ती आयोजना गर्दै आएको छ। कार्यक्रमको सुरूवात आयोजक संस्थाका अध्यक्ष बाल कृष्ण डंगोलले स्वागत मन्तब्य बाट गरिएको थियो । त्यस लगतै अध्यक्ष बाल कृष्ण डंगोल र जनजाति महासंघको अध्यक्ष सुकमान तमाङले दीप प्रज्जोलन गर्नुभएको थियो ।

संस्थाकी पुर्व अध्यक्ष तथा बुद्ध जयन्ती आयोजनाको निम्ति बिहार सँग समन्वयन गर्नुहुने ज्ञानु खातो मानन्धर र निप्पोनजान म्योहोजी कुदानकी भिक्षु रमा खड्काले पुष्प अर्पण गरी विधिवद बुद्ध जयन्तिको पुजा सुरू गरिएको थियो । बिहारको अध्यक्ष भिक्षुले बुद्धको जन्मभुमि नेपालबाट आउनु भएको तपाईहरूलाई भेट्दा एकदम खुशी लागेको छ र बुद्ध जयन्ती मनाउन हाम्रो बिहार रोज्नुभएको मा धन्यवाद पनि दिनुभयो ।

भिक्षुद्वारा बुद्धको स्लोक उच्चारण गर्नुभएको थियो त्यसैलाई अपस्थित सबैले अनुसरण गरेका थिए । उपस्थित आगन्तुकहरूको दिवंगत हुनुभएको आफ्नो आफन्तजनको फोटोमा खादा अर्पण गरी आत्माको चिर शान्तिको कामना पनि गरेको थियो ।

बुद्ध जयन्तीलाई सफल बनाउन उपस्थित सबैलाई बिषेश धन्यवाद दिदै यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने व्यक्तिहरू, अन्य संघ सस्थाको प्रतिनिधीहरू लाई आयोजक संस्थाको महा-सचिव शिव तण्डुकारले धन्यवाद ज्ञापन गर्नुभयो । पुजा सकिए पछी भोजनको पनि व्यवस्था रहेको थियो र बुद्ध जयन्तीमा खिर खानुपर्छ भन्ने मान्यता रहेकोले खिरको पनि व्यवस्था गरिएको थियो ।

%d bloggers like this: