सोमबार, भदौ २४, २०८१

यस कारण जापानको वाल संख्या घट्दोक्रममा छ

टोकियो,२४ वैशाख । विश्वको विकसित मुलुक मध्यको एकराष्ट्र जापानमा बाल जनसंख्यामा कमी अाएको छ । जापान सरकारद्धारा शुक्रबार जारी गरेको तथ्यांकमा बालबालिकहरुको संख्यामा कमी देखाएको हो ।
गृह मन्त्रालयका अधिकारीहरु अनुसार अप्रिल १ सम्मको गणनालाई हेर्दा जापानमा १५ बर्ष उमेर भन्दा कम उमेर समूहका बालबालिकको संख्या १ करोड ५७ लाखको हारहारीमा छ । जुन अहिले सम्मकै न्यून संख्या हो ।
यो अघिल्लो बर्षको तुलनामा १ लखा ७० हजारले कम हुन जान्छ । तथ्यांकमा पछिल्लो ३६ बर्ष देखि बाल जनसंख्यामा लगातर घट्दो क्रममा रहेको देखाएको छ ।
१५ वर्ष भन्दा कम उमेर समुहका बालबालिकोको संख्या कुल जापानको जनसंख्याकाे १२ दशमलव ४ प्रतिशत रहेको छ । बृद्धहरुको संख्या बढ्नु र बालबालिकाको संख्या घट्नुलाई चिन्ताको विषय भएको विज्ञहरुको भनाई छ ।
जापानमा पत्याउनै नसक्ने संख्यामा अविवाहित मानिसहरु छन् भने जापानको प्रजनन् संकटले भयावह रुप लिइरहेको छ । त्यस कारणले पनि जापानमा बाल जनसंख्या घट्दो क्रममा छ ।