बुधबार, बैशाख १२, २०८१

प्रवासी नेपाली मञ्च जापान गुन्माको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

जापान । प्रवासी नेपाली मञ्च जापान गुन्मा क्षेत्रीय कमिटीको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा(एमाले)केन्द्रिय कमिटि सदस्य तथा कोशी प्रदेश प्रदेश सह-ईन्चार्जको प्रमुख आतिथ्यतामा गुन्मा केनको निसिकि ओइजुमिमा गत आइतबार एक भेला गरि प्रशिक्षण सम्पन्न गरेको हो ।
प्रवासी नेपाली मंच जापान गुन्मा कमिटी अध्यक्ष नसिर मियाँको सभापतित्वमा गुन्मा क्षेत्रिय कमिटिका सचिव ममता विकले संचालन गरि स्वागत मन्तव्य मंचका उपाध्यक्ष सुमनराज ढल्लाकोटी सम्पन्न गरेको वुद्विराज लामाले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा पार्टीको नीति, देशको परिस्थिति र वर्तमान अवस्थाको बारेमा प्रमुख अतिथि विनोद ढकालले प्रशिक्षण गराउनु भएको थियो । प्रशिक्षणको क्रममा ढकालले देश विकासको लागि उत्पादन र पुर्वाधारको विकास हुन जरूरी रहेको बताउदै जति जति वेला सरकारको नेतृत्व एमाले गरेको छ सदैव देशको हित र विकासको काम गरेको छ बताएका थिए।
उक्त कार्यक्रमको विशिष्ट अतिथि योगेन्द्र खत्री एमाले भोजपुर जिल्ला कमिटि सदस्य, वुद्विराज लामा मंचका राष्ट्रिय कमिटि सदस्य तथा गुन्मा ईन्चार्ज, सागर भुषाल मंचका राष्ट्रिय कमिटि सदस्य, खेलकुद विभाग सदस्य कृष्ण बहादुर पाण्डे, दैविक विपत्ति तथा परोपकार विभाग सदस्य सोनम लामा अतिथिको रूपमा उपस्थित रहेको थियो ।