मङ्गलबार, बैशाख ०८, २०८३

चितवन समाज जापान नागोयाको अध्यक्षमा सापकोटा सर्वसहमत चयन

जापान । चितवन समाज जापान, क्षेत्रीय समिति नागोयाको अध्यक्षमा बिनोदकुमार सापकोटा सर्वसहमत चयन भएका छन्। शनिवार नागोयामा भएको अधिवेशनले अध्यक्ष सहित सबै पदहरु सर्वसहमत चयन गरेको हो।

समाजको उपाध्यक्षमा प्रविण कँडेल र विन्दु शर्मा सचिवमा कमलप्रसाद शर्मा (पिएचडि ), सह- सचिवमा सन्तोश ढकाल र कोषाध्यक्षमा काशी आचार्य चयन भएका छन्। कार्यसमितिको सदस्यहरुमा यम अछामी नेपाली, सुरेश गिरी, दिपेन्द्र थापा , अनिश कायस्थ , ईन्द्र पराजुली र जिवन घिमीरे रहेका छन्। समाजको खुल्ला सत्रले नयाँ समिति चयनका लागी चितवन समाज जापानका सल्लाहकार एवं तोकाई बाटिका ईन्टरनेशनलका प्रमुख डा सुदिप अधिकारी, चितवन समाज जापानका सल्लाहकार एवं व्यवशायी डिलाराम खरेल र एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारीको निर्वाचन मण्डल गठन गरेको थियो।
कार्यक्रम समाजका नागोया संयोजक शिव न्यौपानेको अध्यक्षता तथा चितवन समाज जापानका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार डा सरोज कँडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा चितवन समाज जापानका पूर्व सचिव सन्देश पोख्रेलले आगन्तुकलाई स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि चितवन समाज जापानका पुर्ब केंद्रीय अधक्ष्य एबम सल्लाहकार डा.सरोज कंडेल र बिसिस्ट अतिथि सञ्चारकर्मि समेत रहेका चितवन समाज जापानका सचिव कविकिरण न्यौपाने, चितवन समाज जापानका सल्लाहकार तथा तोकाई बाटिका ईन्टरनेशनल स्कूलका प्रमुख डा सुदिप अधिकारी, व्यवशायी तथा चितवन समाज जापानका सल्लाहकार डिलाराम खरेल, चितवन समाज नागोयाका पूर्व संयोजक रामु खरेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका उपाध्यक्ष बिष्णुप्रसाद घिमिरे, एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, एनआरएनए नागोयाका संयोजक मनोजबम मल्ल, लगाएतले निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।भने कार्यक्रम संचालन संचारकर्मी बिनोदकुमार सापकोटाले गरेका थिए ।