शुक्रबार, बैशाख ०७, २०८१

नेपाल मगर संघ जापानले जनवरी ८ मा माघे सकराती विशेष सांगितिक कार्यक्रम गर्ने

टोकियो । मगर समुदायको मौलिक तथा सांस्कृतिक पर्ब माघेसंक्रान्तिको अवसरमा नेपाल मगर संघ जापानले माघे सकराती बिशेष सांगितिक कार्यक्रम गर्ने भएको छ ।

नेपाल मगर संघ जापान कान्तो क्षेत्रीय समितिको ब्यवस्थापनमा हुने उक्त कार्यक्रम जनवरी ८ तारिख आईतबार अपरान्ह ४ बजेबाट रोयल गार्डेन रेष्टुरेन्ट सिनओंकुबोमा आयोजना हुने भएको हो ।

कार्यक्रममा जापानमा रहेका स्थानीय मगर कलाकारहरु चेतन घर्ती मगर, सविनबाबु मगर, दिपन थापा मगर, सागर मगर ,सगुन सुर्यबंशी मगर ,पबित्र घर्ती मगर, मोनम पुन मगर, मोनिका मगर, कामाना फगामी मगर र ट्रस्मी गर्वुजा मगरको प्रस्तुति रहनुका साथै मगर कौडा र चुड्काको समेत प्रस्तुति रहने नेपाल मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरले जानकारी दिनुभयो ।

नेपाली आदिवासी मगर समुदायको राष्ट्रीय पर्व माघेसंक्रान्तिको अवसरमा मगरहरुको संस्कार, संस्कृति बचाई राख्न माघेसंक्रान्तिको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्न लागेको समेत गायक तथा संघका सह-कोषाध्यक्ष सबिनबाबु मगर ले बताउनुभयो ।

माघेसंक्रान्ति पर्व एक आपसमा भाइचाराको भावना बढाउन नेपाल मगर संघ जापानले सम्पूर्ण जापानवासी मगर तथा नेपालीलाई चुले निम्तो गरेको संघका सहकोषअध्यक्ष सविनबाबुले बताउनु भयो ।

नेपाल मगर संघ जापान १९९५ सालमा स्थापना भई नेपाल तथा जापानमा बिभिन्न सामाजिक तथा परोपकारी कार्यहरु गर्दे आइरहेका छन ।