मङ्गलबार, बैशाख ०८, २०८३

जनजाति महासंघ जापानको आयोजना हुन लागेको ‘नेफिन जापान साँस्कृतिक साँझ २०२३’ को तयारी तीव्र

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जापानको आयोजना हुन लागेको नेफिन जापान साँस्कृतिक साँझ २०२३ को तयारी तीव्र बनेको छ ।
जनजाति महासंघको मुख्य आयोजना र महासंघसँग आवद्द एकल जातिय संघ संस्थाहरूको सह- आयोजनामा “नेफिन प्रथम साँस्कृतिक साँझ २०२३” को तयारी तीव्र बनेको हो।

नेपालमा महावीर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ एवं जापानवासी नेपाली दाजुभाई, दिदी बहिनीहरुका साथै बिभिन्न संघ संस्थाहरु बिच अपासी सहयोग र सद्भावको भावनालाई अभिबृद्वि गराउने उद्देश्यले नेफिनले नेपालका ख्याति प्राप्त कलाकार राजेश पायल राई, भ्वाईस अफ नेपालकी टप ४ की सबीना लिम्बू र अर्की भ्वाइसकी गायिका समृद्धि परियारको साथमा जापानमा रहेका स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीमा “नेफिन प्रथम साँस्कृतिक साँझ २०२३” को आयोजना हुने भएको अध्यक्ष संजीव राईले जानकारी दिनुभयो।

जापानको टुरमा राजेशको यात्रा सन् २०२३ जनवरी ७ तारिख फुकुओका ८ तारिख जापानको नागोया शहरबाट हुने साँस्कृतिक साँझ चिबा, ओकिनावा, टोकियो जस्ता जापानको मुख्य ४ शहर र राजधानी टोकियोमा आयोजना गर्ने आयोजकले जनाएको छ ।
उक्त नेफिन जापान सांस्कृतिक साँझ २०२३ मा तमु धीँ जापान, नेपाल तामाङ समाज जापान, किराँत याक्थुङ चुम्लुङ जापान, नेपाल मगर संघ जापान, किरात राई यायोक्खा जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेवाः खल जापान, थारू कल्याण कारिणी सभा जापान, नेपाल थामी समाज जापान, र नेफिन जापानका क्षेत्रिय समितीहरु सह-आयोजक रहनेछ ।
कार्यक्रम जनवरी ७ मा फुकुओका, ८ तारिख नागोया, जनवरी १४ तारिख चिबा, जनवरी १५ तारिख राजधानी टोकियो र जनवरी १८ तारिख टप्पु प्रिफेक्चर ओकिनावामा हुने कार्यतालिका रहेको आयोजक संस्था नेफिन जापानका महासचिव शिशिर निङलेकु लिम्बु थाक्साङले जानकारी दिनुभयो ।

प्रवासमा रहुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगको आवश्यकता पर्ने हुँदा सम्पूर्ण जापानबासी नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई कार्यक्रम संयोजक तथा थकाली सेवा समितिका अध्यक्ष बुद्धी गौचनले हार्दिक निमन्त्रणा तथा उपस्थितिको लागि अपिल गर्नुभएको छ ।