जापान । कर्णाली प्रदेश समाज जापान सेन्दाईको दोश्रो अधिवेशन सम्पन्न भएको छ। कर्णाली प्रदेश समाज जापान, सेन्दाईको दोस्रो अधिवेशनबाट अध्यक्षमा बिनोद महतरा चयन भएका छन।
अधिवेशन बाट बिनोद महतारा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन्।
त्यस्तै उपाध्यक्ष नरेश कुमार अधिकारी महासचिव नविन केसी सचिव विशालजंग शाही कोषाध्यक्ष रत्न बहादुर रोकाय र सह-कोषाध्यक्ष राजेन्द्र डागि लगाएत २३ सदस्यीय गठन गरिएको छ।
अधिवेशनमा निवर्तमान अध्यक्ष बिमल जिएमको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको महासचिव केसीले बताए।

