मङ्गलबार, बैशाख ०८, २०८३

जापानमा मृतक अनिश कटवालको दाहसंस्कारको गर्न आर्थिक संकलन : सहयोगको अपिल

जापान । जापानमा एक नेपाली विद्यार्थीको असामयिक निधनको दुःखद घटना घटेको छ । जनवरी १ तारिख टोकियोमा आफनै कोठामा नेपाल धनकुटा जिल्ला घर भएका अनिश कटवालको निधन भएको हो ।

सन् २०२२ को जुलाईमा विद्यार्थी भिषामा जापान आएका कटवालको आफु बस्दै आएको कोठामा नै निधन भएको हो । मृतक कटवाल निकट साथिहरुका अनुसार अनिस कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने जापानी शैलिको भाँडो)मा नै जनवरी १ तारिख बिहान मृत भेटिएका थिए ।

नेपाल स्थित धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका २ घर भई जापानको टोकियोमा अध्ययनरत अनिश कटुवालको अचानक असमायिक निधन भई आफ्नो परिवारको कोहि जापानमा नभएकोले लासको ब्यवस्थापन गर्न बुबा प्रेमबहादुर कटुवालको पत्र मार्फत आएको अनुरोधलाई ध्यानमा राख्दै मृतकको दाहासंस्कारको व्यवस्थापन गर्न पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले आर्थिक सहयोगको लागिअनुरोध गरेको छ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले जनवरी ३ तारिखबाट केहि दिनको लागि आर्थिक सहयोग अभियान संचालन गरेकोले जापानका नेपाली संघ-संस्था र सहयोगी मनहरुलाई सार्वजनिक अपिल गरेको केन्द्रका अध्यक्ष अमित गौतमले अनुरोध गर्नु भएको छ ।

आर्थिक सहयोगको लागी बैकको विवरण
Japan post bank (ゆうちょ銀行)
a/c – 10110-91399221
ヒガシネパールカイハツキョウリョク