शुक्रबार, असार १२, २०८३

एनआरएनए जापान र शिक्षा समितिको पहलमा जेहेन्दार विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना

जापान । पोखरा महानगरपालिका वडा न. २५ शिक्षा समितिको आयोजनामा कोष हस्तान्तरण कार्यक्रम शुक्रबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन आर एन ए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जेहेन्दार मेहनती विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

विदेसमा रेहर पनि देसको भौतिकलगाएत अन्य बिकासको लागी अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपारिका पदमार्ग लगाइत अन्य देसबिकासका लागी आइसीसीका कार्यकारी अध्यक्षरबीना थापा संग पहल गरी ब्यन्कमा फ्रिज भएको रक़मलाई देसबिकासमा लगाउन पहल गर्ने प्रतीबद्दता समेत जाहेर गर्नु भयो। आइ सि सि का सल्लाहकार मुकुन्द बाँस्तोलाले हेमजा बिकासमा सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा शिक्षा समिति सदस्य सुवास भण्डारी, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल र गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवर लगायतले पनि धारणा राखे । जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि ‘ वडा शिक्षा समिति र एन आर एन ए जापानको संयुक्त पहलमा अक्षयकोष स्थापना गरिएको हो ।

उक्त अवसरमा ३ लाख ४० हजारको कोष हस्तान्तरण गरिएको छ । कोषलाई आगामी २ बर्षमा २० लाख पुर्‍याउने लक्ष्य रहेको हुदा सहयोगी मनलाई सहयोग गर्न वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले आग्रह गरेका थिए । सोही कार्यक्रममा धार्मिक क्षेत्रको बिकास गर्न रुद्र महादेव मन्दिर पदमार्ग निर्माणका लागि योजना बनाउन छलफल गर्न घोषण गरियो ।

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन वडा सचिव सुबोद खनालले गरेका थिए ।