टोकियो । जापानमा क्रियाशिल नेवाःहरूको संस्था नेवाः अन्तराष्ट्रिय फोरम जापान द्वारा टोकियो कोतोकु कितासुना स्थित सामुहिक म्हः पुजा सम्पन्न गरेको छ ।
संस्थाको स्थापना वर्ष देखि निरन्तर गर्दै आएकोमा कोरोनाको कारण गएको दुई वर्ष भने कार्यक्रम स्थगित गरेको थियो । यो वर्ष कोरोना संक्रमण केही कम भएको र धेरैले भ्यक्सिनपनि लगाएको हुनाले सामुहिकरूपमा म्हः पुजा आयोजना गरेका हौं, संस्थाको महासचिव शिव तण्डुकारले बताउनुभयो ।कार्यक्रमको सुरूवात यस संस्थाको संस्थापक सल्लाकार स्व श्री सत्य मोहन जोशी ज्युलाई श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरिएको थियो साथै एक मिनेटको मौन धारण समेत गरिएको थियो । यस संस्था कसरी सुरू भयो र सत्य मोहन जोशी ज्युको कस्तो भुमिका रहेको थियो , संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले बताउनु भएको थियो ।
त्यस लगतै नेपाल सम्वतको सुरूवातकर्ता समाजसेवी शंखधर साख्वाको प्रतिमामा भुतपूर्व अध्यक्ष ज्ञानु खातो मानन्धर र बर्तमान अध्यक्ष बाल कृष्ण डंगोलले सयुक्त्तरूपमा दीप प्रज्जोलन गरी नयाँ वर्ष ११४३ को शुभकामना प्रदान गरिएको थियो ।
दोस्रो चरणमा कार्यक्रमको मुल समारोह सुरू भएको थियो । बालबच्चा सहित सत्तरी जाना भन्दा बढी सहभागी भएर एकै पटक म्हः पुजा गरिएको थियो । शरीरको शुद्धिकरण र सुस्वास्थको कामना गर्दै गरिने म्हः पुजा नेवाःहरूको महत्वपुर्ण परम्परा मध्ये एक हो । आयोजित यस कार्यक्रमा जापानवासी नेवाः समुदायको व्यक्तिहरू मात्र नभएर अन्य समुदायको व्यक्तिहरू लगायत जापानिजहरूको पनि सहभागित रहको थियो ।
पुजा पश्चात खानपिनको व्यवस्था पनि रहेको र नाचा गान गरी हर्षोउल्लाहस सहित मनाएको थियो।नेवाः अन्तराष्ट्रिय फोरम जापानले म्हः पुजा बाहेक बुद्ध जयन्ति, क्वाटी पुन्ही बार्षिकरूपमा आयोजन गर्दै आएको छ भने दुई पटक सम्म सामुहिक बेल विवाह “ईही” पनि गरिसकेको छ । यस बाहेक नेपालमा गरिब बालिकाहरूलाई छात्राबृत्ति प्रदान गर्ने, बिरामीलाई आर्थिक सहयोग गरेको छ भने नेपालमा भईपरी आउने प्रकृतिक प्रकोप लगयात कोरोनाको संकटकालको समयमा पनि आर्थिक लगायत जिन्सी सहयोग गरेको थियो ।
आफ्नो कला, संकृति र परम्परा जापानमा पनि मनाउने र आफ्नो सन्ततीलाई सिकाउने साथै अन्य समुदया र जापानिजलाई समेत परिचय दिंदै जाने यस संस्थको मुल उदेश्य रहेको छ , अध्यक्ष बाल कृष्ण डंगोलले बताउनु भयो ।






