टोकियो । जापानमा अष्ट्रेलियाबाट दशैं मनाउन आएकी एक नेपाली युवतीको सडक दुर्घटनामा मृत्यु भएको छ ।जापानको साईतामामा सडक दुर्घटनामा मृत्यु सुनिता केसीको बुधबार राति मृत्यु भएको हो ।
नर्सिङ अध्ययनका लागि केहि महिना अघि अष्ट्रेलिया गएकी सुनिता दशैं मनाउन परिवारसँग एक महिना जापान बस्नेगरी ४ दिन अगाडी जापान आएको सुनिताका बुबा मिन बहादुर केसीले बताए ।
जापानमा यो चार दिनमा साँझ ईभिनिङ वाकका लागि घर नजिकको बाटोमा हिहिरहेकी सुनितालाई बुधबार भने बाटोमा हिडदै गर्दा करिब १० बजे ट्रिपरले ठक्कर दिदा मृत्यु भएको थियो ।
दुई छोरी र एक छोरासहित सपरिवार जापानको साईतामा याचुका भन्ने स्थानमा बस्ने केसी परिवारका दुई छोरी उच्च शिक्षाका अष्ट्रेलियामा छन भने छोरा जापानमा नै रहेका छन ।
सड़क दुर्घटना भएकोले जापानको क़ानून अनुसार आवश्यक प्रक्रिया पुरा गरेर परिवारसँगको छलफलपछी अन्तिम संस्कार गरिने कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुवेदीले बताए ।
प्रहरीले परिवारलाई छलफलको लागि आज बोलाएकोले यस घटनामा के कसरी अगाडी बढने भन्ने कुरा परिवारसग आवश्यक सल्लाह गरेपछि तय गरिने जानकारी दिए ।

