जापन । साँगीतिक कार्यक्रमको सिलसिलामा जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालमाथि हातपात तथा यौन दुर्ब्यवहार र ज्यान मार्ने धम्की आएको घटनाप्रति मोना जापानले घोर भत्सर्ना गरेको छ ।
म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं। २ भकिम्ले घर भई हाल साँगीतिक कार्यक्रमका लागि केही समयदेखि जापानमा रहँदै आएकी गायिका अमृता श्रीपालले आफुमाथि हातपात तथा यौनजन्य दुर्ब्यवहार हुनुका साथै ज्यान मार्ने धम्की आएकोले न्यायिक सुरक्षा पाउँ भनि निवेदन पर्न आएको भन्दै मोना जापानले एक बिज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडित श्रीपाललाई जापान ल्याउने ओसाका कोबेस्थित धौलागिरी दोहोरी साँझका सञ्चालक धन थापा भएको बताईएको छ ।
मोना जापानद्वारा प्रकाशित बिज्ञप्तिमा भनिएको छ ९‘निज थापाको उक्त घृणित एवं निन्दनीय कार्यको घोर भत्सर्ना गर्दछौं । दोहोरी साँझको नाममा नेपालबाट कलाकार बोलाएर यस्ता हर्कत विगतमा पनि गर्दै आएको बुझिएकोले निजको नियत मै खोट रहेको घटनाक्रमहरुबाट प्रष्ट हुन्छ । सामाजिक एवं न्यायिक सुरक्षाको ग्यारेन्टी भएको देश जापानमा बस्दै गर्दा त्यो हदको ज्यादतीको जति नै निन्दा गरे पनि थोरै हुने ब्यहोरा स्पष्ट पार्न चाहान्छौं । एकपटक होइन पटक९पटक ज्यान मार्ने धम्की दिने निज थापाबाट ज्यान जोगाउन पीडित गायिका श्रीपाल भागेर हाल आफन्तको शरणमा बसिरहेको अवस्था छ । भविष्यमा पनि यस्तै ज्यादतीपूर्ण अमानवीय ब्यवहार कसैमाथि नदोहोरियोस् भन्ने उद्देश्यले सम्बन्धित सबैलाई सचेत गराउन चाहान्छौं।
मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ र महासचिव गणेश श्रेष्ठद्वारा जारी गरिएको बिज्ञप्तिमा अगाडि भनिएको छ – ‘आफैले जापानमा ल्याएर एउटी नेपाली चेलीमाथि मानसिक टर्चर दिने लगायतका अमानवीय ब्यवहार गर्ने, रक्षक नै भक्षक देखिएका कथित दोहोरी साँझका सञ्चालक भनिएका निज थापाले अब उप्रान्त यस्तो हर्कत नदोर्याउने प्रतिबद्धता सहित यथाशिघ्र आफ्नो गल्ती स्वीकार गरी लिखित माफी नमागिएमा महिलामाथि भएको यौनहिंसा र ज्यान मार्ने धम्की दिएको कसुर सम्बन्धमा ब्यवस्था भएको जापानको कानून अनुसार दोषीलाई हदैसम्मको कार्वाहीको माग गर्दै कानूनी उपचारका लागि कडा भन्दा कडा थप कदम चाल्न हामी बाध्य बताइएको छ ।
गायिका अमृता श्रीपालको न्यायको लागि लोकदोहोरी गीत प्रतिष्ठान जापान लगाएत जापानको अय संघसंस्था र अभियान्तहरुले पिडितको पक्षमा न्याय दिलाउन आवाज उठाईरहेका छन् ।