मङ्गलबार, बैशाख ०८, २०८३

जापानमा समस्यामा परेका विदेशी विद्यार्थीलाई जापानी संस्थाद्वारा सहयोग

टोकियो । पछिल्लो समय जापानमा विभिन्न समस्या र आपराधिक घटना बढ्ढेसंगै त्यसलाई न्यूनिकरणका लागि विभिन्न सामाजिक संघसंस्था सक्रिय हुन थालेका छन ।

विदेशी विद्यार्थीहरुलाई कामको कमाईले आर्थिक अभाव र अन्य विभिन्न कारणले आत्महत्या बढेकोले स्यापुरानीर, वाकाजु कोप सिनज्युकु र फुड बैंक मुसासिनोको समन्वयमा करिब ३० जना नयाँ नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ ।

कोरोनाको समयमा जीवनयापनमा समस्या भएका जापानी तथा विदेशीहरूलाई खाद्य सामग्री सहयोग गरेको उक्त संस्थाले अहिले न्यू वर्ड जापानी भाषा स्कूलका विद्यार्थीहरुलाई सहयोग गरेको हो । अहिले उक्त भाषा स्कुलबाट अनुरोध आएकोले विदेशी विद्यार्थीलाई सहयोग गरेको स्यापुरानीर जापान कार्यक्रम विभागका सुगानोले बताउनुभयो ।

नेपाली विद्यार्थीहरुले पार्टटाइम काम नपाएको र नेपालबाट ल्याएको पैसा पनी सकिएर समस्यामा परेकाले बिभिन्न संस्थाहरूसंग सहयोगको अपील गरेको जापानी भाषा स्कूलले बताएको छ । कोरोनाका कारण जापानमा लाखौ मानिसले रोजगारी गुमाउन परेको सरकारी तथ्यांकले देखाएको छ । जसबाट रोजगारी गुमाउनेमा नेपाली लगायत विदेशी विद्यार्थी पनि धेरै संख्यामा रहेका छन्।
बिगत लामो समय नेपाल र बंगलादेशमा बिबिध सामाजिक कार्यक्रम गर्दै आएको स्यपुरानिर एक गैरनाफामूलक संस्था हो ।
यस संस्थाले गत वर्षदेखी जापानमा बसोबास गर्ने बिदेशी नागरिकहरुका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ । ‘हामीसंग नेपाली भाषा बोल्न सक्ने स्टाफ हरुपनि छन अनि हामीले गएका महिनाहरुमा नेपाली भाषामा विभिन्न कार्यक्रम पनि संचालन गरेका छौ’ कसैलाई केहि समस्या छ भने हामीसंग सम्पर्क गर्नु हुनसमेत अनुरोध गरेको छ ।

समस्यामा परेका विदेशी विद्यार्थीहरुलाई सकेको गर्ने उक्त संस्थाका जापान आन्तरिक कार्यक्रम विभागका सुदीप दाहालले बताउनु भयो ।

जापानमा सरकारी तथा अन्य गैर सरकारी संघसंस्थाहरुसंग समन्वय गरेर समस्यामा परेकालाई सहयोग गर्ने स्यापुरानीरले बताएको छ ।