सजिना मोक्तान टोकियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज जापान शाखाले आफ्नो स्थापनाको ८ बर्षमा पाइला टेकेको अवसर पारेर स्मारिका प्रकाशन गर्ने जनाएको छ ।
संस्थाले ८ औँ बर्ष प्रबेश गरेको सु-अवसर पारेर पहिलो पटक “फोनिज आवाज” नामक स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ ।
जापानबासी आदिवासि तथा गैरआदिवासि नेपालीहरुसंग भएका बौद्धिक कला प्रतिभा ,साहित्य लेख रचना खोजमुलक जानकारी तथा सूचनाहरु, नेपाल जापानसंग सम्बन्धित बिज्ञहरुको अनुभव उहाँहरुसंग गरिएको कुराकानी अनि उहाँहरुको लेखरचनाहरुलाई स्मारिकामा प्रमुखताका साथ समेटिने प्रयास गर्नेछौ । सूचनामा भनिएको छ ।
हामीलाइ हाम्रो उद्देश्य साकार बनाउन तपाइँ अनि तपाइँ आवद्ध संस्थाको अमुल्य सहयोगको अत्यन्तै खाँचो छ अत तपाइँको तर्फबाट आवश्यक बिज्ञापन अनि बौद्धिक खुराकहरु (लेख रचना साहित्य कला,प्रतिभा अनि सूचना,जानकारी) उपलब्ध गराइ सहयोग गरिदिनहुन हामी हार्दिक विनम्र अनुरोध गर्दछौ । अध्यक्ष फूर्वा शेर्पाले अपिल गर्नुभएको छ ।
लेख, रचना तल दिइएको इमेलमा पठाउनुहोला ।⬇️
email address:fonijjapan86@gmail.com

