कोरिया । गैरआवासीय नेपाली संघ एनआरएनएराष्ट्रिय समन्वय परिषद् ख्यङसाङनाम्दाे बुसान शाखा दक्षिण काेरियाको विशेष अधिवेशन सम्पन्न भएको छ ।
एनआरएनए ख्यङसाङनाम्दाे बुसान शाखा द. काेरियाले बुसान शहरकाे किम्हे स्थित GKS HALL मा जुलाई ०३ तारिख “नेपालीका लागि नेपाली” भन्ने मुलनाराका साथ विशेष अधिवेशन सम्पन्न भएको थियाे।
संस्थाका कार्यबाहक अध्यक्ष श्री सानुराज मगरकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथिमा NRNA काेन्द्र द. काेरियाका अध्यक्ष दीपक पुन हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा NRNA केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जीव कुमार राई साथमा निवर्तमान अध्यक्ष भेषराज दाहाल हुनुहुन्थ्याे भने अतिथिहरुमा क्षेत्रीय तथा विभिन्न जातीय संघ संस्था प्रतिनिधिहरु, अन्य समाजसेवी, राजनीति तथा पेशा व्यवसायीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे।
कार्यसमितिकाे सचिव गोकुल पाैडेल’ले सञ्चालन गर्नु भएको उक्त कार्यक्रमकाे स्वगत मन्तव्य उपाध्यक्ष थिर बहादुर भण्डारी’ले गर्नु भएको थियाे भने महिला उपाध्यक्ष याैगिता गाैतम र सह-काेषाध्यक्ष कमला घले ले खदा र व्याच वितरण गर्नु भएको थियाे। कार्यक्रममा उपस्थित अतिथि, विशिष्ट अतिथिहरु लगायत प्रमुख अतिथिले शुभकामना मन्तव्य राख्दै संस्था बारेमा थप प्रष्ट पार्नु भएको थियाे।
संस्थाका काेषाध्यक्ष सन्जीव बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे संगै पुरानै कार्यसमिति वाट सर्वसम्मतले कार्यबाहक अध्यक्ष श्री सानुराज मगरलाई नै कार्यकारी अध्यक्षमा चयन गरि १५ सदस्य समिति गठन भएको घाेषणा गर्नुभएको थियाे, यस क्षेत्रमा रहेका क्रियासिल क्षेत्रीय तथा जातिय संघ संस्थालाई पनि समेट्दै बिधानत’ कार्यसमितिको पहिलाे पुर्ण बैठकबाट आवस्यकता अनुसार बिधान सम्बत मनाेनित गरि संस्थालाई पुर्णता दिई अगाडि बढाउने निर्णय सर्व सम्मतले पारित गरि विशेष अधिवेशन सम्पन्न भएको थियाे।
उपस्थित सम्पूर्णलाई आयाेजक समिति “गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् द.काेरिया क्षेत्रीय कार्यसमिति ख्यङसाङले हार्दिक धन्यवाद् व्यक्त गर्नु भएको छ।

