कोरिया : स्वास्थ्य शरीर सम्पत्तिले किन्न सकिँदैन बेलैमा सचेत रहे भविष्यमा पछुताउनु पर्दैन” भन्ने मुल नारा लिएर न्यू भिजन ग्रुप दक्षिण कोरियाले शारीरिक रोग सम्बन्धि परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
न्यू भिजन ग्रुप दक्षिण कोरियाले विभिन्न सिलसिलामा कोरियामा बसोबास गरिरहेका नेपालीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सन्चालन गर्न लागेको कार्यक्रममा उपस्थित हुनको निम्ति आफुलाइ वा नजिकको कसैलाइ देखा परेको शारीरिक सम्बन्धी समस्याहरु जुन ७ तारिख सम्म ग्रुपको सम्बन्धित व्यक्ति हरु समक्ष अथवा ग्रुपको आधिकारिक फेसबुक आइडिमा मेसेज गरेर टिपाउनु पर्नेछ थियो ।
संकलित समस्या वा प्रश्नहरु उपर डाक्टर देबेन्द्र गौतम (MBBS BANGLADESH,MD(GP&EM),BPKIKHS,DHARAN ) सँग परामर्श लिई भिडियो तयार गरेर न्यू भिजन ग्रुप दक्षिण कोरियाको आधिकारिक फेसबुक र सस्थाको सदस्य मार्फत जुन १२ तारिख दिउँसो सार्वजनिक गरिने ग्रुपको सचिव जिवन शर्माले जानकारी दिनुभयो।
शारीरिक रोग सम्बन्धी समस्याहरु टिपाउनको लागि सम्पर्क व्यक्तिहरु
दिपेन्द्र अधिकारी: 01020838078
कमल अर्याल: 01059398076
अनिष गुरुङ: 01024906139
जीवन शर्मा :01093399079
राज कुमार आलेमगर: 01082188523

