सोमबार, असोज २६, २०८३

अमेरिकी राष्ट्रपति बाइडेनको जापान भ्रमन : सुरक्षा ब्यवस्था कडा

जापान । एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन आइतवार जापान आई पुगेका छन् । बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एसियाको आफ्नो पहिलो यात्रा गर्दै छन् ।

क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्नुहुने कार्यक्रम रहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरेका थिए । यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनको तीन दिने भ्रमणको क्रममा जापानमा १८ हजार सुरक्षा तैनाथ गरि सुरक्षा ब्यवस्था कडा गरेको छ ।