बिहिबार, बैशाख १३, २०८१

जापानले जुनदेखि विदेशी आगन्तुकको संख्या दैनिक २० हजार पुर्याउने, यात्रा सहज हुने

टोकियो । कोरोना महामारीले सीमा क्षेत्रमा कडा गर्दै आएको जापान सरकारले आगामी जुन महिनादेखि अन्य मुलुकबाट आउने आगन्तुकको संख्या दैनिक २० हजार पुर्याउने भएको छ ।
भर्खर सकेको जापानको गोल्डेन विक बिदापछि एयरपोर्ट क्वारेन्टाइन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षणपछि दैनिक २० हजार पुर्याउने भएको हो ।

सरकारले विदेशी पर्यटक यात्रुहरूलाई चरणबद्ध रूपमा स्वागत गर्ने लक्ष्यका साथ यस महिनादेखि नै साना प्याकेजका टुरलाई परीक्षण गरि पर्यटकहरू समेत अनुमति दिने सोच रहेको बताईएको छ।
जी सेभेंन शक्ति राष्ट्र मध्यमा कोभिड १९ को नियन्त्रण र रोकथामका उपाय अवलम्बन गर्न जापानले मात्र आफ़्नो सिमा सुरक्षालाई कडाइ विदेशी आगन्तुकलाई रोक लगाएको थियो हाल पुन सिमा नियन्त्रणलाई सहज बनाउन दबाब बढ़ेसंगै गत मार्चदेखि खुकुलो बनाउदै आइरहेको छ ।

अप्रिलको अन्तमा सरकारी प्यानलका निजी क्षेत्रका सदस्यहरूले आर्थिक र वित्तीय नीतिमा नकारात्मक असर परेको भन्दै दैनिक विदेशी आगमन सिमालाई सहज गर्न र थप अध्यागमन प्रक्रियाहरू सहज बनाउन आह्वान गरेका थिए।
प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता लन्डन भ्रमणको क्रममा जापानले जनस्वास्थ्य विज्ञहरूसँग परामर्श गरेर विभिन्न चरणहरूमा आफ्नो कोभिड९१९ उपायहरूको समीक्षा गर्ने र अन्य जी सेभेंन राष्ट्रहरूले अपनाएको नीति अपनाउने बताए थिए ।
अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टको उदयको लगत्तै जापान सरकारले गत नोभेम्बर ३० बाट सबै गैरआवासीय विदेशी आगन्तुकहरूका लागि जापानको सिमामा कडाइ गरेको थियो । मार्च १ देखि व्यवसायीहरू, विदेशी विद्यार्थीहरू, प्राविधिक प्रशिक्षार्थीहरू र अन्य प्रवेश गर्नेहरूका लागि प्रवेशमा नियन्त्रणहरू खुकुलो पारिएपनि पर्यटकका लागि अझै सहज बनाईएको छैन ।

नोभेम्बरदेखि प्रतिदिन विदेशी आगमनको सीमा ३,५०० बाट बढाएर मार्चबाट ५,००० र अप्रिल १० मा हालको १०,००० पु¥याइएको थियो ।