मङ्गलबार, बैशाख ०८, २०८३

एनआरएनएका पूर्वअध्यक्ष शेष घले समुहको काठमाण्डौंमा छुट्टै कार्यालयको स्थापना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले काठमाण्डौंमा छुट्टै सम्पर्क कार्यालयको स्थापना गरेका छन् । गैरआवासीय नेपाली संघको ९ औं महाधिवेशन पछि छुट्टै समूह गठन गरेर अघि बढेका घलेले सोमवार सो कार्यालयको सुरुआत गरेका हुन् ।

मे १ देखिनै केहि कर्मचारी सहित बालुवाटारमा सुरु भएको कार्यालयको घले र उनीकी श्रीमति जमुना गुरुङले संयुक्त रुपमा पूजा गरेर उद्धघाटन गरे ।

कार्यक्रममा घले समूहका भोमा लिम्बु, उमेश पुडासैनी, जानकी गुरुङ, श्याम तामाङ, डमर घले, छोङ्गकर्मा शेर्पा, राजेश शम्शेर राणा, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर लगायतको उपस्थिती थियो ।