जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसि) ले हजार डलर खाता खोलौं मातृभूमि प्रतिको कर्तब्य निभाऔं भन्ने अभियान सुरु गरेको छ।
नेपाल सरकारका संबन्धित निकायको समेत सहयोग, समन्वय र अभिभावकत्व रहने यो अभियानलाइ एनआरएनएले नेपालका ३ वटा मुख्य बैंकहरुसंग साझेदारीमा सहजीकरण गर्दै हजार डलर खाता खोलौं मातृभूमि प्रतिको कर्तब्य निभाऔं भन्ने अभियान सुरु गरिएको हो।
संघ र प्रमुख बैंकहरुसँग गरिएको साझेदारी संझौता अनुरुप यो अभियान सुरु गरिएको कुरा संघका अध्यक्ष बिनोद कुँवरले जानकारी दिनुभएको छ। यो संझौताले मातृभूमिको लागि ठुलो योगदान पुग्ने अपेक्षा संझौता पछि उपाध्यक्ष भोमा लिम्बुको विश्वास रहेको छ।
पहिलो चरणमा लक्ष्मी बैंक, ग्लोबाल आइएमइ बैंक र प्रभु बैंकहरुसँग सो अभियान सुरु गरिएको हो। यसका लागि एनआरएनएले संघका कोषाध्यक्ष डिला खरेलको संयोजकत्वमा संचालन हुनेगरी एक कार्यदल समेत गठन गरेको छ।
यसमा एनआरएनएले खाता खोल्ने र सबै जवाफ दिने भने होइन । संघले केवल सहजीकरण मात्र गरिदिने हो । संभावित खातावालाहरुले छानेको बैंकसम्म पहुँच पुर्याउन सहयोग गर्नेगरी यो आपसी संझौता गरिएको हो।
खाता कसरी खोल्न सकिन्छ, कति सम्म जम्मा गर्न सकिन्छ, अनलाइन सेवा र अन्य बिबिधि बिषयमा जानकारी दिनको लागि सरोकारवाला र बैंकसंग वेबिनार र जुम र्याली समेत आयोजना गरिनेछ। छिट्टै यसबारे एक कार्यक्रमको आयोजना गरिने र त्यसका लागि संपर्क र अन्य थप जानकरी समेत दिइने छ। अभियानको पहिलो सुरुवात भने एनआरएनए अध्यक्षको होम कन्ट्री दक्षिण कोरियाबाट सुरु गरिने भएको छ।

