कोरिया । समृद्ध नेपाल निर्माणमा, प्रवासीको योगदान, प्रवासबाट लगानी,प्रवास बाटै मतदान’ भन्ने मूल नारा सहित प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको सातौँ अधिवेशन मे १ मा हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रवास कमिटी प्रवासी नेपाली मंच दक्षिण कोरियाको यही मे १तारिखका दिन सातौँ अधिबेसन हुन लागेको हो ।
नेकपा एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री बिष्णु पौडेलको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको सातौ अधिबेशनमा विशेष अतिथिको रूपमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ्ग, स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज राजन भट्टराईको उपस्थिति रहनेछ। दक्षिण कोरिया स्थित सामाजीक, राजनीतक,जातीय ,क्षेत्रिय धार्मिक संघसंस्था, नेकपा एमाले समर्थित कार्यकर्ता एबं सम्पूर्ण प्रवासी नेपालीहरूलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ।

