शनिबार, असोज ०८, २०७९

स्याङजा समाज जापानले में २२ तारिख टोकियोमा बिबिक्यु गर्ने

टोकियो । जापानमा कृयशिल संस्था स्याङजा समाज जापानले आउँदो मे २२ मा वृहत बिबिक्यु कार्यक्रम गर्ने भएको छ ।

स्याङजा समाज जापानले आउँदो मे २२ मा वृहत बिबिक्यु कार्यक्रम गर्ने भएको हो ।
कोभिड-१९ का कारण विगत दुईवर्षदेखि ठुला कार्यक्रमहरु गर्न नसकेको र हाल कोरोना केहि मत्थर भएको मौका छोपेर कार्यक्रम गर्न लागेको आयोजकले वताएको छ ।

समाजका उपाध्यक्ष चित्र गुरुङको संयोजकत्व र उपाध्यक्ष द्वय टम गुरुङ र दिपक नेउपाने सह-संयोजकहरु रहेर कार्यक्रम सफल बनाउन टास्कफोर्स टिम गठन गरेको छ । जापानको नेपाली समुदायमा धेरै समयपछि हुन् गईरहेको यो कार्यक्रममा सहभागी भएर सहयोग गरिदिनु हुन संयोजक गुरुङले अनुरोध गरेको छ ।

टोकियो र कानागावा केनको सिमानामा पर्ने तामा खोलाको किनारमा हुन लागेको कार्यक्रममा सम्पूर्णलाई उपस्थित सहभागीहरुलाई स्वस्थस्थिति चेक गरेर सेनिटाईजरिंग गरि ईन्ट्री गराउने समाजको अध्यक्ष धुर्व ज्ञवालीले जानकारी गराउनु भयो ।

%d bloggers like this: