बिहिबार, बैशाख १०, २०८३

नेपाल जापान फुटबल संघको अध्यक्षबाट गौचनको व्यस्ततासंगै काब अध्यक्षमा खड्कालाई जिम्मेवारी

टोकियो । नेपाल जापान फुटबल संघका अध्यक्ष बसन्त गौचनद्वारा संस्थाबाट राजिनामा गरी शिब खड्कालाई कार्यवहाक अध्यक्ष जिम्मेवारी तोकिएको छ ।

लामो समय जापानमा फुटबल र विभिन्न खेलाडीका लागि सहयोग गर्दौ आउनु भएका पूर्व राष्ट्रीय खेलाडी नेपाल जापान फुटबल संघका अध्यक्ष बसन्त गौचन कार्यव्यस्तताले लामो समय नेपाल बस्नु पर्ने भएकए संस्थाको अध्यक्ष पदबाट संस्थामा राजिनामा गरी संघले गौचनको ठाउँमा हाललाई शिब खड्कालाई कार्यवहाक अध्यक्ष जिम्मेवारी तोकिएको छ ।

अध्यक्ष गौचनले यस अवधिसम्म जापानमा संस्थागत र व्यक्तिगत रूपमा सहयोग गर्नु हुने खेलाडी, अग्रज व्यक्तित्वहरु लगाएत सम्पूर्ण साथीभाईलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
जापानको ब्यस्त जीवनलाई केहि समय नेपालमा बिताउने र जापानमा पनि आउने बताउदै गौचनले आगामी दिनमा पनि साथ सपोर्टको लागि अपिल गर्नु भएको छ ।
साथै जापानको ब्यस्त समयलाई केहि समय नेपालमा बिताउने र फुटबल सम्बन्धी केहि काम आफैंले गर्ने गौचनले बताउनु भयो ।