मङ्गलबार, बैशाख ०८, २०८३

टोकियोमा जनप्रगतिशील मञ्च जापानको नयाँ वर्षमा शुभकामना साँझ कार्यक्रम सम्पन्न

टोकियो : नेपाली जनप्रगतिशील मंच जापान संस्कृति, पर्यटन तथा अतिरिक्त विभागको आयोजनामा नेपाली नया वर्षको अवसरमा शुभकामना साँझ-२०७९ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
जापानको टोकियो स्थित शिनओकुवोमा भएको सो कार्यक्रममा नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादीका ऊम्मेदवारहरूलाई विजयी बनाउनका लागि प्रवासमा रहेकाहरूले आफ़नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नका लागि माओवादी प्रवास समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठले आग्रह गरे ।
मंचको लागि संगठित रूपमा आफ़नो प्रभाव देखाउने उपयुक्त अवसर आगामी निर्वाचन भएकोले संस्थागत रूपमा सक्रिय सहभागिता हुनु पर्नेमा अर्का प्रवास समन्वय समितिका सदस्य अरुण श्रेष्ठले बताए ।

मंचको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि योजनाबद्द ढंगले कार्यक्रमको तर्जूमा गरि गरिनुपर्नेमा इंचार्ज रामहरि पुडासैनीले आग्रह गरे । विदेशमा रहेर आफ़्नो जन्म जन्मभूमि नेपालको संस्कृति, परम्परा र भेषभूषालाई निरन्तरता दिनका लागि र आफ़नो संस्कृतिलाई बचाई नया पुस्तामा हस्तान्तरण गर्न मंच यस खालका कार्यक्रम गरि संगठन विस्तार र संस्थागत कार्य गरिने मंचका अध्यक्ष भवानी पन्तले बताए ।
प्रवासमा रहेर आफ़नो विचार आस्था र निष्ठालाई जोगाइ राख्न र आस्थावान साथीहरुलाई संगठित गर्नका लागि यस खालका कार्यक्रम हुनुपर्नेमा निवर्तमान सचिव सालिकराम भण्डारीले जोड दिएका थिए ।

विभागका संयोजक तथा मंचका उपाध्यक्ष श्यामहरि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मंचका महासचिव बाबुराम पौडेलले स्वागत मन्तव्य राखेंका थिए । कार्यक्रममा सल्लाहकार तिलक मल्ल , बिष्णु रसाइली, नरबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
मुना सुनारको संचालनमा सम्पन्न भएको कार्यक्रममा कान्तो समितिका अध्यक्ष गोकर्ण बर्तौला, नागोया क्षेत्रीय समितिका अध्यक्ष हरी दोङ, सहित केन्द्रिय समितिका पदाधिकारी एवं सदस्यहरु सहभागी रहेको थियो ।@janahit