जापान : एनआरएनए जापानले सल्लाहकार, मानार्थ सदस्य, विज्ञ समिति सदस्य विभिन्न विभाग तथा विशेष समिति गठन गरेको छ ।
एनआरएनए जापानको हालै सम्पन्न कार्यसमितिको बैठकले जापानमा रहेका नेपाली समुदायका विभिन्न व्यक्ति व्यक्तित्वहरू सम्मिलित ६५ जनालाई सल्लाहकारमा र ६३ जनालाई मानार्थ सदस्यमा मनोनित गरिएको अध्यक्ष शिवप्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।
मार्चको ९ तारिख बसेको बैठकका निर्णयहरू विज्ञप्ति मार्फत सार्वजनिक गर्दै १९ वटा विभिन्न विभाग र ३ वटा विशेष समिति गठन गरि सो विभाग र समितिको संयोजक र सदस्यहरूसमेत तोकिएको छ । ७ वटा छुट्टछुट्टै क्षेत्रमा विज्ञता राख्ने व्यक्तिहरू सम्मिलित विज्ञ समूहको गठन गरि सो को ज़िम्मेवार व्यक्तिहरू समेत बैठकले मनोनीत गरेको अध्यक्ष पौडेलले जानकारी गराए ।
पौडेलका अनुसार एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको कार्यसमितिले गर्ने कार्य सम्पादनलाई प्रभावकारी बनाई उत्कृष्ट एनआरएनएको रूपमा स्थापित गराउन,व्यवस्थित र चुस्त कार्य प्रणालीको विकास गर्न र एनआरएनए जापानलाई साझा संस्थाको रूपमा विकास गराउनका लागि विगतदेखि महत्वपूर्ण योगदान गरेका व्यक्ति समेटेर सल्लाहकार, मानार्थ सदस्य विज्ञ समिति विभागीय समिति र प्रेस सल्लाहकार समिति बनाईएको बताए ।
APRIL-MEETING-REPORT

