काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स बढाउन विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ र एफपीओमा कोटा विशेष छुट्याउने तयारी भइरहेको जानकारी गराएका छन् ।
आज अर्थ मन्त्रालयमा आयोजित ‘देशको अर्थतन्त्रको वर्तमान अवस्था’ बारे सञ्चारकर्मीहरुसँगको अन्तक्र्रियामा अर्थमन्त्री शर्माले यस्तो जानकारी गराएका हुन्। शर्माले रेमिट्यान्स बैंकिङ च्यानलाई भित्र्याउनका लागि प्रोत्साहनस्वरुप विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ र एफपीओमा विशेष कोटा छुट्याउने तयारी गरिएको बताए ।
विदेशी श्रमिकलाई आईपीओ र एफीओमा कोटा छुट्याउनका लागि मुख्यसचिवको नेतृत्वमा अन्तिम तयारी गरिरहेको शर्माले जानकारी दिए। ‘छिटै यस विषयमा मन्त्रिपरिषदमा प्रस्ताव पठाइनेछ’, उनले भने।

