जापान । दोलखा समाज जापानको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
टोकियोमा आइतबार दोलखा समाज जापानको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
गैरआवासीय नेपाली संघ एशिया प्यासिफिक उपसंयोजक ददिवल खड्काको प्रमुख आतिथ्यतामा ओमोरीको लर्डबुद्ध रेष्टुरेण्टमा आयोजित शुभकामना कार्यक्रममा जापानका विभिन्न नेपाली संघ-संस्थाका अग्रजहरुको उपस्थिति थियो ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिबप्रसाद पौडेल, महासचिव सिद्धार्थ श्रेष्ठ, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, प्रवासी नेपाली मंच जापानका नेता बाबुराम भण्डारी, जनप्रगतिशिल मंचका उपमहासचिव दावा शेर्पा, राष्ट्रीय लोक दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष सूर्य खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष नबराज थापालाई दौसला ओढाएर सम्मान गरेको थियो ।
दोलखा समाज जापानका संस्थाका अध्यक्ष महेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम लोकराज चौलागाईले संचालन गरेका थिए ।

