मङ्गलबार, बैशाख ०८, २०८३

तामाङ समाज जापान च्युबु क्षेत्रिय समितिको पाँचौं अधिबेशन सम्पन्न, अध्यक्षमा रकम लामा

जापान । नेपाल तामाङ समाज जापान च्युबु क्षेत्रिय समिति नागोयाको पाँचौं अधिबेशन सम्पन्न भएको छ । नागोंयामा मार्च २ तारीख शनिबार सम्पन्न अधिबेशनले रकम लामालाई अध्यक्षमा र सचिबमा आइत तामाङलाई निर्बिरोध निर्बाचित गरेको छ ।

समाजको पदाधिकारी तथा कार्यसमिती सदस्यहरू सर्बसम्मत चयन भएको समाजका केन्द्रिय महासचिव बलराम थिङ तामाङले जानकारी दिनुभयो । समाजको उपाध्यक्ष पेमा तामाङको सभापतित्वमा भएको उक्त अधिबेशन तामाङ समाज जापानको महासचिब बलराम थिङको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य कार्साङ तामाङको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
अधिबेशनमा पुर्ब अध्यक्षहरू, सल्हाकारहरू, जनप्रगतिशील मंचका अध्यक्ष हरी दोङ र आदिबासी जनजाती महासंघ जापान, तोकाईको अध्यक्ष रीना तामाङ, तामाङ समाज जापान किता कान्तोका उपाध्यक्ष कर्म दोङ, काभ्रेली समाज जापानको युबा संयोजक देबेन्द्र योन्जन लगाएतको उपस्थिति थियो ।

अधिबेशनबाट निर्बाचितहरूलाई प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि थिङले यो प्रमाणपत्रलाई सामान्य कागज या सस्तो मूल्यपर्ने कुनै बस्तुको रूपमा नलिई समाजप्रति उत्तरदायी रही निस्वार्थ भाबनाले काम गर्न आग्रह गर्नुभयो ।
निर्बाचन मण्डलका संयोजक राजिब लामाले निर्बाचित कार्यसमितीलाई सपथ गराएका थिए । संस्थाको कार्यबहाक सचिब जनक थोकरले संचालन गरेको उक्त अधिबेशनले राजकुमार तामाङको संयोजकत्व ३ सदस्यीय सल्हाहकार समिती पनि गठन गरेको थियो ।