टोकियो । धादिङ समाज जापानले यही मार्च २७ तारिक आइतबारको दिन टोकियोको इकेबुकुरोमा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।
समाजका अध्यक्ष दिनेश लोहनीका अनुसार,जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै रक्तदान गरौं, आफू पनि बचौं, अरुलाई पनि बचाऔं ! भन्ने मान्यतालाई आत्मसात गरि जापान रेडक्रससंग समन्वय गरि उक्त कार्यक्रम गर्न लागिएको हो ।
अध्यक्ष लोहनीले कार्यक्रम आयोजना हुने स्थान र समयको निर्धारण, प्रचारप्रसार, सम्भावित रक्तदाताको सूची तयार हुँदै गरेको , उक्त रक्तदान कार्यक्रममा जापानी भाषामा समस्या हुनेहरूको लागि भाषा अनुवादकको समेत व्यवस्था गरेको बताए । समाजले जापानबासी सबैमा सहभागीताको लागि हार्दिक अनुरोध गरेको छ ।
विश्वभर फैलिएको कोरोना महामारीले गर्दा रक्तदान कार्यक्रम हरु स्थगन भएको र यसले गर्दा रगत व्यवस्थापनमा आएको समस्या आएकाले मानव सेवामा केहि सहयोग गर्ने उदेश्य सहित वृहत रक्तदान कार्यक्रममा आयोजना गर्न लागिएको हो । महासचिव विमल श्रष्ठका अनुसार, १६ वर्ष पुगेको ७० वर्ष नकाटेको,कुनै बिरामी परेर पछिल्लो ३ महिना देखि लगातार कुनै औषधि सेवन नगरेको, कुनै बिरामी मानिसबाट रगत लिइ आफ्नो शरिरमा नराखेको, ट्याटो कम्तिमा १ वर्ष पहिले खोपिएको, महिलाको हकमा महिनावारीको अवस्थामा औषधि सेवन नगरेको, गर्भिणी नभएको,बाहिरी मुलुकबाट जापान प्रवेश गर्नेहरुको हकमा कम्तिमा ४ हप्ता काटेको र कोरोना संक्रमित भएकाहरुको हकमा पुरा निको भएकोहरूले रक्तदानमा सहभागी हुनसक्नेछन् ।
सम्पर्कको लागी :-
कृष्ण मगर -90 6530 7691
दिनेश अधिकारी -90 6532 2083
गोकर्ण रुपाखेति-70 3849 7676
ओम कुमार श्रेष्ठ-70 3887 1840
बिमल श्रेष्ठ-90 1771 6067
दिनेश लोहनी -70 3526 3801
मिति -२०२२-०३-२७ आईतबार
बिहान ११:००-१५:०० बजेसम्म
स्थान-ईकेबुकुरो हिगासी गुची
रक्तदान गरौँ आफु पनि बाचौँ अरुलाई पनि बचाऔ!!

