टोकियो । जापानमा लगाईएको अर्ध-आपतकाल मार्च २१ तारिखबाट सबै प्रान्तहरुमा हटाउने भएको छ ।
जापानले आर्थिक गतिविधिलाई चलाएमान र पर्यटनलाई प्रोत्साहन स्वरूप हाल कायम रहेको अर्ध- आपतकाल हटाउन लागेको हो ।
कोरोना भाईरसको महामारीको कारण ठप्प रहेको आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रमको रुपमा जापान सरकारद्वारा संचालित गो टु ट्राभल क्याम्पेन पुनः सुचारु गर्ने तयारी थालिएको समेत जनाईएको छ ।
आउँदो अप्रिलबाट प्रान्तहरुले दिईने छुटहरु थप विस्तार गरि, पुनः गो टु ट्राभल सुरु गरिने तयारी गरिएको छ । अघिल्लो वर्ष जापानभित्र अत्यन्तै उत्साहजनकरुपमा संचालनमा ल्याईएको योस क्यान्पेनले थला परेको आन्तरिक पर्यटनलाई उठ्न निकै मद्दत गर्ने अपेक्षा गरिएको थियो । तर देशभर कोरोना संक्रमण ह्वात्तै बढेपछि विचैमा स्थगन गरिएको थियो ।
यहि मार्च २१ बाट जापानको सबै प्रान्तहरुमा कायम आपतकाल हटाउने तयारी गरिरहेको सरकारले पर्यटन क्षेत्रका लागि फेरि यस विशेष प्रवद्धनात्मक कार्यक्रम संचान गर्ने तयारी गरिरहेको बताईएको छ ।

