बिहिबार, बैशाख १०, २०८३

नेपाली दुतावास जापानले मार्च ६ तारिख ई-पासपोर्टबारे अन्तरकृया कार्यक्रम गर्ने

जापान । मार्च ६ तारिख टोकियोस्थित नेपाली राजदुतावास जापानले ई- पासपोर्टबारे अनलाईन अन्तरकृया कार्यक्रम आयोजना गर्ने भएको छ ।

शुक्रबार नेपाली राजदूतावास जापानले जारी गरेको एक सुचनाका अनुसार, ई-पासपोर्ट भर्खरै सुरुवात भएकाले यसको प्रिईनरोलमेन्ट गर्ने क्रममा केहि प्राविधिक र प्रकृयागत एवं व्यवहारिक समस्याहरु सामाना गर्नुपरिररेको गुनासाहरु बढेकाले संचारकर्मी तथा जापान स्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहित अनलाईन अन्तरक्रिया गर्न लागिएको हो ।

पासपोर्ट बनाउँदा आइपर्ने विभिन्न समस्याहरूको न्युनिकरण गरी प्रक्रियालाई सरल, सहज र भरपर्दो बनाउने उद्धेश्यले राजदूतावासले भोली २०७८ साल फागुन २२ गते आइतवार अर्थात् Sunday, March 06, 2022 का दिन दिउँसो २:१५ देखि ४:०० बजेसम्म भर्चुएल माध्यमबाट गरिने दूतावासका दूतावासका सचिब जीत बहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा राहदानी विभागका इपासपोर्टका विज्ञबाट विद्युतीय राहदानीका जानकारी सहित Pre-enrollment र Live Enrollment सम्बन्धी प्रक्रियाका बारेमा जानकारी गराईनेछ । साथै, राजदूतावासको तर्फबाट विधुतीय राहदानी (e-Passport) का सम्बन्धमा प्रक्रियागत समस्या एवं समाधानका बारेमा जानकारी गराइने जनाएको छ ।
<a href=”https://nepalpradesh.com/wp-content/uploads/2022/03/F664C517-2432-4A64-B02F-E96ACA5FB1E8.jpeg”><img src=”https://nepalpradesh.com/wp-content/uploads/2022/03/F664C517-2432-4A64-B02F-E96ACA5FB1E8-218×300.jpeg” alt=”” width=”218″ height=”300″ class=”alignnone size-medium wp-image-76585″ /></a>