बिहिबार, बैशाख १०, २०८३

टोकियोमा ग्याल्पो ल्होसारको शुभकामना साँझ कार्यक्रम हुने

टोकियो । जापानको सफल व्यवसायी/ समाजसेवी निमा लामाको आयोजनामा शेर्पा सामुदायको महान चाड २१४९औँ ग्याल्पो ल्होसारको शुभकामना साँझ २०२२ हुने भएको छ ।

फेब्रुअरी २० तारिख रोयल गार्डेन रेस्टुरेण्ट ‍ सिनओकुबोमा शुभकामना आदानप्रदान सहित डीजे लाइभसहित सांगितिक शुभकामना साँझ कार्यक्रम हुने भएको हो ।‍ ‍‍‍‍‍‍

डीजे नवीन गुरुङको उपस्थितिमा फेब्रुअरी २० तारिख आइतबार दिँउसो १२ बजे देखि बेलुकी १० बजेसम्म हुन गइरहेको सांगितिक कार्यक्रममा गायक कर्मा दोङ लामा, कुमार गुरुङ, जनक थोकर,दोर्जी लामा ,दिपक थिंङ,प्रकाश तामाङ ,टि लोक तामाङ ,प्रथम गुरुङ लगायतका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम आयोजक निमा लामाले जानकारी दिनुभयो ।

बिदेशमा रहेरपनि शेर्पा जातिहरुको भाषा धर्म अनि संस्कार संस्कृतिको संरक्षण गर्ने र शेर्पा तथा गैरशेर्पा समुदायसंग भेटघाट गरी सबैमाझ भातृत्वको भावनाको बिकास गराउने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजक लामाले बताउनुभयो ।

उहाँले जापानमा रहनुभएका सम्पूर्ण आमा बुबा तथा दाजु भाई दिदी बहिनिहरुलाई निमन्त्रणा समेत गर्नुभएको गर्नु भएको छ ।

हिमाली आदिवासी बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसारको अवसरमा आयोजित ल्होसार शुभकामना साँझ- २०२२

कार्यक्रम
मिति : २०२२-२-२०
समय : दिउँसो १२:००~१०:०० Pm
स्थान : रोयल गार्डेन रेष्टुरेण्ट, शिनओकुबो

Organized
Ngima lama
Yogen Hikari 会社