जापान । बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान भन्ने मूल नाराका साथ निलुवा समाज जापानकाे चौथो अधिवेशनबाट सर्बसहमति रूपमा मोहनराज सुबेदी निर्वाचित हुनुभएको छ ।
२०१५ मा गठित निलूवा समाज जापानको भाेजिन्द्र सुबेदीक़ो अध्यक्षतामा गठन भएकाे संस्थाको वरिष्ठ उपाध्यक्ष रामु केसी,उपाध्यक्षमा जिआर सेवेदी, सचिवमा भुमिराज सुवेदी, सह–सचिवमा विष्णुप्रसाद सुवेदी चयन हुनूभएको छ ।
समाजको कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा भुमिराज सेवेदी (विष्णु), प्रवक्तामा दिपक सुवेदी बिप्लब,युवा संयोजक भोजराज सुवेदी चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा शिवलाल सुवेदी, अन्जान सुवेदी, भिमलाल सुवेदी, अनिता सुवेदी, सञ्जु खत्री, पुरुषोत्तम सुवेदी चयन भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि निलुवा समाज जापानका संस्थापक अध्यक्ष भोजीन्द सुवेदीले गर्नु भयो भने संचालन जिआर सुवेदीले गर्नु भयो स्वागत मन्तब्य बिस्नु सुवेदीले गर्नु भएको थियो ।

