टोकियो । रोल्पा समाज जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । जापानको टोकियोमा शनिवार सम्पन्न अधिबेशनले सर्बसहमत रुपमा विकास वलीको नेतृत्वमा कार्यसमिति चयन गरेँको हो ।
समाजका अध्यक्ष प्रेम प्रकाश रोका मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब विवेकमान रोका मगरले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य विकाश वलीले दिनुभएको थियो भने समाजको बारेमा आफनो भनाई गुरुप्रसाद राणा मगरले राख्नु भयको थियो ।
जापानको बिभिन्न क्षेत्रहरुममा रहेका रोल्पालिहरूलाई सहजको लागि जूम माध्यमबाटपनि आफ्नो भनाइहरू राख्ने र आधिबेसनमा भागलिने वातावरण मिलाएको थियो ।
समाजको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष राजेन्द्र झाक्री मगरले राखनु भएको थियो । प्रगति प्रतिवेदन समाजका अध्यक्ष प्रेम प्रकाश रोका मगरले पेश गर्नु भएको थियो ।
समाजको दोस्रो अधिवेशनमा प्रमुख अतिथी इन्द्रदेव बुढा मगर (ब्यन्जन्), बिशिष्ट अतिथी तारा प्रकाश बुढा मगर, अतिथी जोन छन्त्याल ,क्योतोका प्रतिनिधि कैलाश गिरी रोल्पाको सान फ़ुटबल खेलाडी चन्द्र घर्ती मगर लगाएतले बोल्नु भएको थियो ।
रोल्पाको पुर्ब मन्त्री अमरसिंह पुनले शुभकामना सन्देश पठाउनु भएँको थियो । कर्मभुमी र जन्मभूमिकोलागि हामी रोल्पालीहरु गोलबद्ध हौं ” भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा अंग्रेजी नयाँ वर्ष २०२२ को शुभकामना आदानप्रदान तथा कोभीड १९ विरुद्धको सहयोग अभियानमा सहयोग गर्ने सम्पूर्णमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशन लगतै कार्यसमितिको छलफलपछि संरक्षकमा प्रेम प्रकाश रोका मगर, सल्लाहकार समितिमा संस्थापक अध्यक्ष इन्द्रदेव बुढा मगर, सल्लाहकारमा तारा प्रकाश बुढा मगर, बिबेकमान रोका मगर,दया प्रसाद बुढा मगर, प्रकाश घर्तीमगर र टेकम वलीलाई चयन गरिएको छ ।
नयाँ कार्यसमिति २०२२-२०२४ सल्लाहकार कार्यसमिति
१-ब.सल्लाहकार इन्द्रदेब बुढा मगर(ब्यन्जन)
२-तारा प्रकाश बुढा मगर
३-बिबेकमान रोका मगर
४-दया प्रसाद बुढा मगर
५-प्रकाश घर्ती मगर
६-टेकम वली
संरक्षकः-प्रेम प्रकाश रोका मगर
कार्यसमितिः-
१.अध्यक्षःबिकास वली
२.ब.उपाध्यक्षःटीकाराम दाँगी
३.महिलाउपाध्यक्षःअपेक्षा बुढा झाक्री मगर
४.उपाध्यक्षःनन्द कुमार बुढा मगर
५.उपाध्यक्षःचन्द्र घर्ती मगर
६.महासचिवःगुरुप्रसाद राना मगर
७.सचिबःकल्याण बिक्रम रिजाल
८.सचिबःरूपचन्द्र के.सी.
९.कोषाध्यक्षःसुजन बुढा मगर
१०.सह-कोषाध्यक्षःदिलमाया थापा बुढा मगर
११.सह-कोषाध्यक्षःघनश्याम वलि
१२.प्रवक्ताःरिदम रोका मगर
सदस्यहरुः-
१३.कमला विधु मगर
१४.राम कुमार वलि
१५.राजेन्द्र झाक्री मगर
१६.रामसिङ रोका मगर
१७.सबिन बुढा मगर
१८.बीरेन्द्र घर्ती मगर
१९.रामकृष्ण बुढा मगर
२०.कैलाश गिरी
२१.दीपक बिस्ट
२२.मनोज वलि
२३.सन्तोष बस्नेत
२४.रितु राना मगर
२५.लाल कुमारी बुढा मगर
२६.रेखा बुढा मगर
२७.कुसुम बुढा मगर
२८.निस्मा घर्ती मगर
२९.खिम पुन मगर
३०.एज्न बहादुर नेपाली
३१.राजेश घर्ती मगर
३२.पूर्ण बहादुर बुढा मगर
३३.कर्मला बुढा मगर
३४.सीता बुढा मगर
३५.शनतोष चन्द ठकुरी

