मङ्गलबार, बैशाख ०८, २०८३

शक्तिशाली एमाले बनाउने अभियानमा लाग्न प्रवासी मञ्चलाई ओलीको अपिल

जापान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ नेपाली, त्यहाँ एमाले भन्ने अभियानसहित काम गर्न निर्देशन दिनुभएको छ ।

प्रवासी नेपाली मञ्चले अंग्रेजी नयाँ वर्ष २०२२ का अवसरमा आयोजना गरेको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्दै शक्तिशाली एमाले बनाउने अभियानमा लाग्न अपिल गर्नुभयो । ‘एमाले नेपाली जनताको पार्टी हो, हिजोभन्दा बढी फराकिलो मनका साथ नेपाललाई माया गर्ने र नेपालको उन्नतिका लागि सक्रिय हुन प्रवासी नेपालीको योगदान महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘तपाईंहरुको अझ बढी प्रतिबद्धता आवश्यक छ । अरु पार्टीमा लागेका र राजनीतिमा नलागेकालाई पनि एमालेमा ल्याउन लाग्नुहोस् ।’

अध्यक्ष ओलीले नेकपा एमाले निजी र पारिवारिक स्वार्थका लागि लाग्ने पार्टी नभएको बताउँदै एमालेलाई एक पटक हराउँदा देश पाँच वर्ष पछाडि पर्छ, विकास र सुशासन पछि पर्छ भन्ने बुझाउन जरुरी छ ।

अध्यक्ष ओलीले महाधिवेशनमा पाँच लाखभन्दा बढी जनता उतारेर एमालेले आफ्नो सामर्थ्य प्रस्तुत गरेको स्मरण गर्नुभयो । कार्यक्रममा प्रवासी नेपाली मञ्चका नेताकार्यर्काको उपस्थिती रहेको थियो ।