आइतबार, फागुन १३, २०८०

तोचिगीमा ठुलो धनराशिको फुटसल टुर्नामेन्ट हुने

टोकियो,१ चैत्र । गैर-आवासिय नेपाली संघ जापान तोचिगी र नेवारी किचेनको संयुक्त आयोजनामा आउँदो अप्रील २ तारिख तोचिगीमा हालसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी फुटसल टुर्नामेन्ट  हुने भएको छ ।

यो जापानमा नेपालीहरूले आयोजना गर्दै आएको टुर्नामेन्टहरूमध्ये हालसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी फुटसल टुर्नामेन्ट भएको आयोजकले बताएका छन।

तेस्रो युएफएन कप अर्थात् युनाईट फर नेप्लिज नाम दिएर आयोजना गरिएको यो टुर्नामेन्टलाई काल भैरवले सहयोग गरिरहेको छ भने कार्यक्रमको संयोजन बिनोद गुरुगंले गरेका छन् ।
प्रतियोगितामा सहभागी हुन चाहने समुहले आयोजक सँग सम्पर्क गरि आफ्नो टीम को नाम दर्ता गराउन सक्नेछ । फुटसलमा प्रथम हुने समुहले ५ लाख जापानी येन तथा दोस्रो हुने टिमले २ लाख येन नगद पुरस्कार पाउने छन ।