मङ्गलबार, बैशाख ०८, २०८३

एनआरएनए जापानको पहलमा डिसेम्बर १८ तारिख अर्थमन्त्रीसँग वित्तिय जानकारी कार्यक्रम हुने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकार अर्थमन्त्रालय संगको सहकार्यमा एक वित्तिय जानकारी कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहि डिसेम्बर १८ तारिख साँझ ६ः१५ बजे(जापानको समय)आयोजना हुने कार्यक्रममा, गैरआवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैङ्कमा अमेरिकी डलर , युरो , पाउण्ड स्टर्लिङ , अष्ट्रेलियन डलर , जापनी येन , र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्न सक्ने , बिदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्युनतम ५००० अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्थाका बारेमा जानकारी गराईने छ ।

आयोजक संस्थाका अध्यक्ष शिब प्रसाद पौडेलका अनुसार,अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा, विदेशी मुद्रामा खाता खोल्ने प्रकृया, सम्पत्तिको स्थानान्तरण सम्बन्धमा भएका खाता खोल्नका लागि आवश्यक कागजात एवं प्रावधानहरुका बारेमा विस्तृत जानकारी गराईने छ ।

अनलाईन प्लेटफर्म जुममा आयोजना हुने कार्यक्रम,गैरआवासीय नेपाली संघ जापानको अफिसियल फेसबुक पेजका साथै अन्य विभिन्न संचार माध्यमहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।