शुक्रबार, चैत १६, २०८०

ईन्डोनेसियाको जेलमा पर्साका अशोक: एनआरएनएले धरौटी रकम बुझाएपछी रिहा

जापान । ईन्डोनेसियामा जेल जिवन बिताई रहेका एक नेपाली युवालाई एनआरएनए जापान र मलेसियाको सहयोगमा जेल मुक्त भएका छन ।
नेपाल पर्साका अशोक शाह तुराहाको धरौटी रकम एनआरएनएले तिरेपछी रिहा भएका हुन ।

दुई लाख दश हजार जरिवाना तिर्न नसकेर लामो समय देखी ईन्डोनेसियामा जेल जिवन बिताई रहेका ती युवकलाई एनआरएनए जापान र एनआरएनए मलेसियाले जरिवाना रकम तिरेर जेल मुक्त गराई आज बुधबार आफ्नो जन्मभूमिको उड़ान भरेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनु भयो ।

एनआरएनए जापानले उपाध्यक्ष संगिता अधिकारी सुवेदीको संयोजकत्वमा आर्थिक संकलन गरि ईन्डोनेसिया पठाएको थियो भने यो केसका लागी अन्य समन्वयकारी भुमिका ईन्डोनेसियामा रहनु भएका अनिश शाक्यले गर्नु भएको थियो ।

२००८ सालमा मलेसिया रहेका अशोक इन्डोनेसिया कि युवतीसंग प्रेम बिबाह गरि ईन्डोनेसियामा गए पछि उनि त्यही लामो समय भिसा बिना बसे पछी पक्राऊ परेका थिए ।

पक्राउ परेका अशोक लामो समय जेल जिवन बिताएका थिए । उनले एक राष्ट्रीय टिभीमा धरौटी पैसा तिरे देशफिर्ता हुने बताएका थिए ।
प्रवासमा समस्यामा परेका नेपालीहरुलाई एनआरएनएले सहयोग गर्नेक्रममा एनआरएनए जापानले उक्त पिडित ब्यक्तिलाई उद्दारको लागि सानो सहयोग गरेको भएका छन ।